१. ब्रहृमाण्ड र शास्त्र
यस दृश्यमान संसारका सारा शक्ति पिण्डीभूत भएर एउटा विशाल पिण्ड बन्यो । कालान्तरमा त्यो शक्तिपिण्डमा प्रकम्पन भएर विष्फोट भयो । एउटा विशाल पिण्ड विष्फोट हुँदा धेरै साना टुक्रा यत्रतत्र छरिए । केही ठूला टुक्रा पनि भिन्न भिन्न रेखामा चलायमान रहन लागे । यिनै टुक्रालाई ज्ञानीले ग्रह भनेर प्राणीकरण गरे । प्रत्येक प्राणी बोल्ने र जगज्जीवलाई सत् या असत् किसिमले प्रभाव पार्ने कुरो गरियो । ज्योतिष, सांख्य, वैशेषिक र न्याय दर्शनले आ–आफ्नै पाराले यस चिन्तनका चक्रलाई विकास गर्दै लगे । दर्शन र गणितका खरा कुराले मात्रै भएन मानवीकरण गरेपछि तिनका क्रियाकलापलाई आख्यानीकरण पनि गरे कसैले यो काम गर्नेलाई पौराणिक भनियो ।
पुरा+अयन पुराण, पुराण भनेको पुराना जमानाका पुर्खाको जीवनमार्ग भनेर पुराणको अर्थ गरियो । ग्रीसेलीले यसैलाई मिथ भने । ग्रीसेलीका मिथलाई हजारीप्रसाद द्विवेदीले ‘क’ प्रत्यय जोडेर मिथक बनाईदिए । यही मिथकलाई हाम्रा गिदीबोसे गुरुले के के न हो भनेर हामीलाई हाउगुजी देखाए । यिनै चिन्तनका व्यवस्थित चक्रलाई शास्त्र, दर्शन र वाङ्मय भनेर समन्वित रूपको पनि कल्पना गरे ज्ञानीहरूले । यिनीहरू अन्तर्दृष्टि सम्पन्न थिए त्यसैले यिनले लेख्नु परेन सबै कुरा प्रत्यक्ष विधिबाटै गोचरीकृत गरे । यी तीक्ष्णमतिका थिए भनेर त्यसै अनुसारको व्याख्या पूर्वमा गरियो ।
पश्चिमले पनि आफ्नै किसिमले सोचे उनीहरू पदार्थलाई प्रत्यक्ष देखिने हुनाले त्यसैको विकास, सम्मिलन र विष्फोट प्रक्रियाको अध्ययनमा लागे । यो विष्फोटवादी सिद्धान्तमात्रै रहेन । सामयिक गतिसँगै अनेकौं अन्य मतमतान्तर पनि विकसित भए । यस कित्तालाई आज हामी विज्ञान भन्छौं । विज्ञान भनेको प्रयोग विद्या हो । प्रयोगबाट जे सिद्ध हुन आउँछ त्यही सत्य मान्नु नै विज्ञान भनियो । हो यो विज्ञानले पनि ग्रह भनो । यस्ता ग्रहमध्य नौवटा ग्रहको अध्ययन गरेर यी नौमध्य सर्वाधिक शक्तिशाली भएको हुनाले सौर्यपरिवार भनेर नाम दिइयो । सूर्यमा पौरस्त्येलीले सातवटा रङ्को समन्वय फेला पारे र भने ‘सप्ताश्वरथमारुहृय प्रचण्डकश्यपात्मजं आदिदेव नमस्तुभ्यं प्रसीद मम भाष्करः।’
दूधका थोपाथोपामा घ्यू व्याप्त हुँदाहुँदै पनि मखुण्डी हातले न त्यो निकाल्न सक्छ न त गिदीमा लागेका बोसाले प्रविधि बेगर दूध र घ्यू पृथक गर्नै सक्छ कति मजाको पहेली । वेनका प्रतिलोम यी नेपाली नेताका रगरगमा सत्ता, भत्ता र भ्रष्टाचरण भरिएको रहेछ ।
पश्चिमा विज्ञानीले नौ सदस्यमध्ये मुख्य माने तर पूजा र स्तवनलाई परित्याग गरे किनभने उनीहरू प्रयोगमा विश्वास गर्दथे । उनीहरू प्रयोगका कारणले सूर्यलाई ग्यासपिण्डका रूपमा देख्दछन् भने पौरस्त्येली चाहिँ सूर्यलाई ब्रहृमाण्डदीप अर्थात् ‘चगच्चक्षु’ भनेर नतमस्तक बनेका देखिन्छन् । पौरस्त्येली समन्वयतिर लागे भने पाश्चात्येली चाहिँ प्याजका पत्रपत्र खोतलेर अन्तिम तत्व निकाल्ने बकाण्ड प्राप्त्याशामा लागेर मरुभूमि जोत्न र पहाड चाट्नमात्रै लागेनन् कि समुद्रलाई नाप्न पनि थाले । यसरी विज्ञानको काम विभन्जनकारी देखियो भने ज्ञानको काम समन्वयकारी साबित हुन पुग्यो । सोझा सरल आँखमा तर...
२.घटना र अनुभव
सृष्टिदेखि हजारौं हजार घटना घटे । तिनको उल्लेख पनि शास्त्रमा भेटिन्छ तर आजका मान्छेले बुझ्ने गरी फ्रान्सेली राज्यक्रान्तिले विभाजितलाई क्रान्तिपश्चात् समन्वयमा ल्याएको देखो विश्वले । यो विश्वमा भएका जेजति कुरा छन् ती त विभाजित र समन्वित भै पो रहँदारहेछन् । वृक्षमा बीज कहाँनेर छ भनेर वृक्षलाई टुक्राटुक्रा, चिराफारा, धुजाबाती पार्दा पनि बीज भेटिँदैन । पौरस्त्येली भने मरेका राजा वेनको अंग मथेर वीर्य निकालेर पृथु बालक जन्माउन सफल भएका थिए । त्यो दुष्टताले भरिएको शरीरका कुन भागमा कहाँनेर थियो त्यो बीज जसले मारिएको दुष्टजस्तै मान्छे बनाउँथ्यो । कसरी सफल भए ?
दूधका थोपाथोपामा घ्यू व्याप्त हुँदाहुँदै पनि मखुण्डी हातले न त्यो निकाल्न सक्छ न त गिदीमा लागेका बोसाले प्रविधि बेगर दूध र घ्यू पृथक गर्नै सक्छ कति मजाको पहेली । वेनका प्रतिलोम यी नेपाली नेताका रगरगमा सत्ता, भत्ता र भ्रष्टाचरण भरिएको रहेछ । दूधका थोप्पाथोप्पामा घ्यू रहे झैँ यिनका रगतका कणकणमा सत्तालिप्सा लुकेर बग्दोरहेछ । जसका कारणले ताबेदारले पाएको पद ताबेदारी गर्दागर्दै कारगारमा पुग्नुपरो । ताबेदारका सम्बन्धमा बोलुँ कि नबोलुँ भएकै बेलातिर बेडपाटनर बचाउन महाभारत बनेर परिस्थिति उभिन आयो । अब परेन भाउँतो ?
खुँडा लिएर कसैलाई लखेटी लखेटीकन काट्नेलाई कारामुक्तिका सिफारिसमा नपारे आफ्नै टाउकामा घन्टी बज्ने । पारुँ बाहुन मान्छ कि मान्दैन । बाजेले तै गुन माने आफ्नो पुरुषार्थले सत्रगोठ भैंसीलाई पाडोसहित भासमा धसाएपछिको भाग्योदय चिट्ठा पारेका बाजेले नालीबेली किन खोज्ने ? ठोके हस्ताक्षर । यो चित्र हो आजका नेपाली राजनीतिको यसैलाई पनि आदर्श मान्ने पनि होलान् किनभने ‘मुण्डेमुण्डे मतिर्भिन्ना कुण्डेकुण्डे नवं पयः’ ।
परेवा पाल्ने संस्कार तथा प्रचलन भएका समाजले बनाएको वास्तुशास्त्रले यदि कसैका घरमा परेवाले गुँड लायो भने त्यो गुँड भत्काएर परेवा लखेट्नु अन्यथा कुलक्षणका सपरिवार त्यस घरमा स्थायी बास गर्न आउँछन् भन्छ । बीपीका पाइलामा टेक्दै यहाँ आएको म भन्छ अर्को फटाहा । नांगा शंकरको भेष निन्दित छैन भनेर त होला नेपाली जनता हो हजुरको गजुर लाएर बसेकै छन् । बिपीका नाममा खुलेको धराने बिपी स्वास्थ्यविज्ञानमा भ्रष्टाचारको पिरामिड बन्दा बीपीको पनि नाम जोडिएर आयो यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने ?
३. सन्तान थरिथरिका
पृथ्वीनारायण शाहको सालिकको हात भाँच्ने दलको सरकारले फागुन १ गतेलाई ‘जनतामारा दिवस’ मनाउने भनेर गरेको घोषणालाई चुपचाप हिजो सहनेपनि आज घोक्रो फुलाएर विरोधमा उत्रेको देखियो सुनियो । अवसरवादको यसभन्दा राम्रो अर्को नमुना कतै खोज्नुपर्ला र ? एक पटकको खड्ग प्रहारले गर्दन नछिनेर प्याँप्याँ गरेर अधमरा भएको संसदलाई अर्कोपल्ट पनि खड्ग हानेर सिध्याउने नै आज नेपालीलाई उपदेश दिने बनेर उदाएको देख्दा मतदाता भनाउँदा ती मानव जो मानव विष्टा र गो विष्टा छुट्याउन नसक्ने पनि छक्क परेका छन् ।
सकल विद्यामा कुशल भए पनि नेताले सहयोगीको सरसल्लाहविना कुनै पनि विषयमा एक्लै निर्णय गर्नु राम्रो होइन । न शेरबहादुर न केपी ओली न त प्रचण्ड नै यो शैली अनुशरणकर्ता देखिए । यी सबै आ-आफ्नै सत्ता टिकाउन आतुर भएका छन् ।
शासन भनेको यस्तै अवसरवादी, हेपाहा, महत्वाकांक्षीको क्रीडाभूमि हो । यसमा अचम्मको आकर्षण हुन्छ । यो चुम्बकीय आकर्षणबाट बच्नका निमित्त शास्त्रले शासक मरेपछि गतिलो दिमागदार कुकुर बनेर जन्मन्छ र मठमन्दिरमा बसेर विवेकहीन कर्म गर्ने महन्तहरू सुँगुर बनेर जन्मन्छन् भनेर लेखेको छ भनिन्छ तर मैले भने यो पढ्न पाएको छुइँन । हो भने शास्त्रकारलाई त्रिकालदर्शी महर्षि भनेर यसै सम्मान गरिएको होईनरहेछ भनेर मान्नैपर्छ । शुक्राचार्य भन्छन् :
सर्वविद्यासु कुशलो नेतारोद्रपि सुमन्त्रवित् ।
सखिभिस्तु विना मन्त्रं नैकोद्रर्थ चिन्तयेत् क्वचित् ।।
अर्थात् सकल विद्यामा कुशल भए पनि नेताले सहयोगीको सरसल्लाहविना कुनै पनि विषयमा एक्लै निर्णय गर्नु राम्रो होइन । न शेरबहादुर न केपी ओली न त प्रचण्ड नै यो शैली अनुशरणकर्ता देखिए । यी सबै आआफ्नै सत्ता टिकाउन आतुर भएर सनके निर्णय गर्दा आजको परिस्थिति सिर्जना भएको हो । यस प्रकारका क्रियाकलाप र आचरणले यिनलाई मात्रै होइन पार्टी र इतिहास बद्नाम भएको छ । आज जनताका मनमा नेपाल असफल देश त हुने होइन ? भन्ने शंका पैदा भएको छ । प्रदेशका क्रियाकलाप मुलुकका हितविपरीत गएका देखिन्छन् ।
त्यहाँको पनि लगाम यिनै तिनजनाका हातमा छ । सत्ता र शक्तिका लागि कोशी प्रदेशमा भएका खेलले नेपालका ठूला भनिएका सबै पार्टीलाई जनताले धारे हात लाएका छन् तापनि यिनका कानमा बतास लागेको भने छैन । आआफ्नै ताबेदारलाई सत्ता र शक्तिमा पु¥याएर देश लुट्न र जनताको पसिनामा पौरी खेल्न आतुर बनेका देखिन्छन् । यस्तो कर्म आजकाले मात्रै गरेका भने होइनन् विगतमा गरेका उदाहरण दिँदै पौरस्त्य राजनीतिका धुरीण चिन्तक शुक्राचार्य भन्छन् :
नष्टा दुर्योधनाद्यास्तु नृपाः शूराबलाधिकाः ।
निरभिमानो नेतारः सुसहायो भवेदतः ।।
दुर्योधन आदि वीर बलशाली (राजा) नेता पनि कुविचारी सहायकका कारणले या आफूखुशी निर्णयका कारणले नष्ट भएका उदाहरण छन् । अतः नेताले आफ्नो गुणगान गर्ने चाटुकार होइन कुनै पनि विषयमा औचित्यपूर्ण विचार प्रकट गर्नसक्ने सहयोगी (सल्लाहकार) राख्नु र तिनका कुरा सुन्नुपर्दछ । पुत्रलुब्ध धृतराष्ट्रले विदुरका कुरा सुनेको भए शायद महभारत हुने थिएन भन्ने आशय प्रकट गरेका छन् आचार्यले । नेताले गिरिजाप्रसाद कोइराला झैँ देशका कुनाकाप्चामा पुग्नुपर्दछ । अहिले डा.शेखर कोइराला उनका असल अनुयायी बनेका देखिन्छन् । अतः सोरौं महाधिवेशनका लागि कांग्रेसीजनलाई शुक्राचार्यकै अर्को चिन्तनको सूत्र पढाउनुपर्ने देखेँ मैले :
पुरे पर्यटयेन्नित्यं गजस्थो रञ्जयन्प्रजाः ।
राजयानारूढितः किं राज्ञा श्वा समोपि च ।।
अर्थात् सहरसहरमा घुमेको देखाउने नाममा सेना,सुरक्षाबलले घेरिएर घुम्ने हो भने त त्यस्तो (राजा) नेता बस्ने रथ, घोडा हात्ती या मोटरमा नेतालाई जस्तैगरी कुकुरलाई राखेर पनि त प्रदर्शन गर्न सकिन्छ नि । जनताका आँखामा छारै हाल्ने न हो । अतः नेताले जनतामा विश्वास गर्नुपर्छ सुरक्षाको व्यवस्थामा होइन । नेताले सेवाको भाव देखाउनुपर्छ सुख सुविधाको होइन अन्यथा सिंगारिएका आसनमा राखेको कुकुर र नेतामा के भिन्नता हुन्छ र ? भन्छन् बुद्धिमान्हरू । यो असुर गुरु शुक्राचार्यले राजा (नेता) र राज्य (देश) का सम्बन्धमा गरेको चिन्तन हो । बीपी र गिरिजाले यो पढेका रहेछन् । सारा पञ्च र राजा, राजाका सेना, राजाका प्रहरी लागेर रोक्न खोज्दा पनि बीपीले आफ्नो यात्रा रोक्नुभएन ।
विमानस्थलमा पञ्च, पुलिस र भाडाका जनता सुतेर विमान अवतरणै गर्न नदिँदा पनि जनताप्रतिको विश्वासका बलमा एक्लो रोगी क्षीणकाय विश्वेश्वरप्रसाद कोइराला दुर्जेय शक्ति बनेर प्रकट भएको नेपाली कांग्रेसको इतिहासलाई कलंकित बनाउने सभापति हुँदा पनि डा.शेखर चाहिँ एक्लो बृहस्पति बनेर त्यही पाइलो पच्छ्याएर हिँडेको देख्दा भने ‘चम्पकपुष्प न्याएन खण्डकारो न नष्यति’ भन्ने न्यायोक्तिको स्मृति जाग्दछ । अर्थात् चाँपको फूल झरेर गएपनि डाँठमा पनि त्यो फूलको वास्ना हराउँदैन भन्ने न्यायले अकार नासिए पनि खण्ड नासिँदैन भनेजस्तै शेखरले हिम्मत देखाए भन्ने अर्थ हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच