गुल्मी। गुल्मीको तम्घासमा इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको सम्झनामा दिप प्रज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडि इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका दश जना नेपाली विद्यार्थीको आत्मशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको हो ।
गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका विद्यार्थीहरु सुदुरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका हुन् । सिक्दै र कमाउँदै कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका थिए ।
नेपाली विद्यार्थीहरुको आक्रमणमा परि भएको मृत्युले सारा नेपाल शोकाकुल भएको बताउदै मानव अधिकार तथा शान्ति समाज गुल्मीका सभापति ढुण्डिराज पोखरेलले दिवंगत विद्यार्थीहरूको आत्माको शान्तिका लागि दिप प्रज्वलन गरिएको बताउनुभयो ।
आक्रमणमा परी घाइते विद्यार्थीको शीघ्र उपचार तथा बंकरमा रहेका विद्यार्थीहरूको उद्वारका लागि सरकारले तदारुकताका साथ काम गर्नुपर्ने बताउँदै मानव अधिकार रक्षाका लागि सबैले जोड दिनुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच