स्वास्थ्यमन्त्री बस्नेतद्वारा एच.पी.भी. खोपको डेमोस्ट्रेसन शुभारम्भ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.(ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गर्नुभएको छ । बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गर्नुभएको हो । सो अवसरमा धुम्बाराहीकी १४ बर्षीया किशोरी आइरिस मानन्धरलाई पहिलो एच.पि.भी. खोप लगाइएको थियो ।

शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पहिलो पटक पाठेघरको क्यान्सरविरुद्ध प्रभावकारी मानिएको एच.पि.भी खोप शुभारम्भको लागि देशका सात वटा अस्पताल छानेको र वागमती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको शुुभारम्भ गरिएको बताएउनुभयो । ७७ वटै जिल्लाका नौ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरूलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउँदै हाललाई २० हजार भाइल खोप आइपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘सबै किशोरीका लागि पुग्ने गरि खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको छ । एक वर्ष भित्र सबैका लागि एच.पि.भी. खोप आइसक्ने छ ।’ पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जीवन बचाउन सरकार संवेदनशिल रहेको मन्त्री बस्नेतले बताउनुभयो ।

कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरूमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्यांक प्रस्तुत गर्दै नौ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेलले नौदेखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई खोप आवश्यक भए पनि अहिले थोरैलाई मात्र दिन सकिएको स्वीकार्दै एक वर्ष भित्रै खोप उपलब्ध गराएर नियमित अभियान संचालन गरिने बताउनुभयो ।

दुई महिना अघि ल्याइएको २० हजार भाइल खोपको प्रसूति गृहसँगै देशका पाँच अस्पतालहरू डडेल्धुरा अस्पताल, भेरी अस्पताल नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा बिहीबारदेखि शुभारम्भ हुने र कोशी अस्पताल एवं नारायणी अस्पतालबाट यही भदौ २८ र २९ हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखाले जनाएको छ । यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले मान्यता प्रदान गरेको खोप हो । ६ महिनाको अन्तरमा दुई डोज लगाउनु पर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?