![सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahaprasad-adhikari.jpg)
भोजपुर । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुले तलव सुबिधा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्नु भएको छ ।
चार महिना देखिको तवल सुबिधा नपाएको भन्दै प्राध्यापकहरुको संगठन प्रजातन्त्रबादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठन भोजपुरले असोज २५ गते भित्र उपलब्ध गराउन क्याम्पस प्रशासनलाई अल्टिमेटम समेत दिएको छ ।
संगठनका केन्द्रिय सदस्य डा. पर्वत कुमार राई र संघका सभापति बेनुबहादुर कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै तोकिएको पारिश्रमिक मासिकरुपमा प्राप्त गर्ने र आफनो जिम्मेवारी पुरा गर्ने दायित्व प्राध्यापक र कर्मचारीको हुने उल्लेख गरिएको छ । बिज्ञप्तीमा भनिएको छ, “श्रावण महिना देखि असोज महिनासम्म र दशै तिहार पर्व मान्नका लागि विश्वबिद्यालयले उपलब्ध गराउने पर्व खर्च समेत गरी चार महिनाको तलव भत्ता अहिलेसम्म उपदब्ध नगराउने क्याम्पस प्रमुखको कार्यप्रति संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।” भनिएको छ ।
पटक पटक माग गर्दा समेत सुबिधा नपाईएको भन्दै दुई दिन भित्र तलव भत्ता उपलब्ध नगराईएमा आन्दोलनका थप कार्यक्रमहरु गर्न बाध्य हुने अल्टिमेटम समेत संगठनले क्याम्पस प्रशासनलाई दिएको छ । “यसबाट उत्पन्न हुने कुनै पनि परिस्थितीको जिम्मेवार क्याम्पस प्रमुख हुने ब्यहोरा सम्वन्धित सवैमा जानकारीका लागि हार्दिक अनुरोध गरिन्छ ।” जारी बिज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच