बेइजिङ । चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । ‘चिनियाँ राष्ट्रपति सि जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नु हुनेछ र फोरममा भाग लिन आउनुभएका विदेशी नेता र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि स्वागत भोजको आयोजना गर्नु हुनेछ’, चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भन्नुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताउनुभएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ उक्त कार्यक्रममा सहभागी हुने र आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग वार्ता गर्नुहुने रुसी विदेश मन्त्रालयले मंगलबार बताएको छ ।
‘बेइजिङ आएर सहयोग योजनाहरूमा छलफल गर्न र साझा विकासको खोजी गर्न हामी बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी हुन आउने मुलुक र साझेदारहरूलाई स्वागत गर्दछौँ’, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले गत महिना भन्नुभएको थियो ।
यो कार्यक्रममार्फत चीनले बेल्ट एन्ड रोड पूर्वाधार पहलको १०औँ वार्षिकोत्सव मनाउने छ । चीनले मंगलबार श्वेतपत्रमा उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको बताएको थियो । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा १३० भन्दा बढी मुलुकका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच