![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
कालीकोट । कालीकोटको रासकोट नगरपालिकाले दशैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । दशैँ, तिहारलगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरू बिक्रीवितरण हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अनुगमनलाई तीव्रता दिएको हो । नगरपालिकाले मंगलबार रासकोट नगरपालिकाको आरसिपी बजारमा रहेका खाद्यान्न पसलहरूमा दाल, चामल, चाउचाउ, बिस्कुट, दालमोटलगायतका अखाद्य वस्तुहरूको अनुगमन गरिएको नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो ।
नगर प्रमुख शाहीका अनुसार दशैँ, तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलोमात्रामा म्याद गुज्रिएका सामानहरू बिक्रीवितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तीव्रता दिनुपर्ने उहाँले बताउनुभयो । जहाँ म्याद सकिएका सामग्री फेला पर्छ त्यहीँ नै नष्ट गर्ने गरी बजार अनुगमन गरिएकोे प्रमुख शाहीले जानकारी दिनुभयो ।
दशैँ, तिहारको समयमा अखाद्य वस्तु बिक्रीवितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकून् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ गरिएको प्रमुख शाहीको भनाइ छ । उहाँले भन्नुभयोे, ‘हामीले अन्य समयमा पनि बजार अनुगमन त गर्ने गरेका छौँ तर अहिले दशैँ, तिहार आउँदै गरेकाले अखाद्य वस्तु बिक्री नहोस् भनेर बजार अनुगमनलाई अलि कडाइ गरेका हौँ ।’
चाडपर्वका समयमा हुन सक्ने कालोबजारी, मिसावटलगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अलि कडाइ गर्ने निर्णय गरिएको नगर उपप्रमुख मनिराज बरालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कालोबजारी, मिसावटलगायत गतिविधि रोक्न बजार अनुगमनमा कडाइ गरिने निर्णय गरिएको छ, कालोबजारी गर्नेलाई कारबाही हुनेछ ।’
अनुगमन टोलीले ग्रामीण क्षेत्रका पसलमा कुनै पनि सामानको मूल्यमा एकरूपता भए, नभएको, म्याद सकिएकोलगायत विषयमा अनुगमन गरेको छ । अनुगमनमा जनप्रतिनिधि, नगर प्रहरी, स्थानीय र पत्रकारको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच