![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
बर्दिया । नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफ्नो कुनै संलग्ननता नभएको बताउनु भएको छ । तल्लो स्तरबाट आएको फाइल मन्त्रीपरिषद्मा आएपछि आफुले त्यसलाई पास गरेको तर अवस्था यस्तो होला भनेर आफुले नसोचेको उहाँले बताउनु भयो ।
देशव्यापी समाजवादी जागरण अभियानका क्रममा बर्दियाको गुलरियामा पत्रकारहरु संग कुरा गर्दै पुर्व प्रधानमन्त्री समेत रहनु भएका माधवकुमार नेपालले भ्रष्टाचारी संग कुनै पनि किसिमको सम्झौता नहुने, ललिता निवासमा मेरो दोष देखिन्छ भने आफु सजाय भोग्न तयार भएको बताउनु भयो ।
मन्त्रीपरिषद्मा मन्त्री र सचिवले गरेको प्रस्तावलाई अध्ययन गरेर नै आएको होला भन्ने मलाई लागेको हो तर त्यसको भित्री मनासाय के थियो आफुलाई थाहा नभएको उहाँको भनाई थियो । पत्रकारहरु संग कुरा गर्दै नेपालले बर्तमान सरकारले गरेको भ्रष्टाचारको कार्वाहि प्रति आफ्नो समर्थन रहेको र यसलाई अन्तिम सम्म पुगेर टुगयाउनु पर्ने बताउनु भयो ।
एक अर्को प्रसंगमा नेता नेपालले कोशी प्रदेशमा स्पष्ट बहुमत कुनै पनि दलको नआएको र केहि दलहरु मिलेर जाँदा पनि आफ्नो गोरुको बाह्र्रै टक्का गरेका कारण समस्या उत्पन्न भएको बताउनु भयो । तत्कालै प्रचण्डको विकल्प पनि नभएको उहाँको भनाई थियो । प्रधानमन्त्री परिवर्तन गर्ने विषयमा गठबन्धनको दलभित्र एजेन्डा नै नभएको उहाँको भनाई थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच