व्यक्तिभन्दा पार्टी पपुलर हुनेगरी अभिव्यक्ति दिन कांग्रेस नेता सिंहको निर्देशन

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताउनु भएको छ । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जना जिम्मेवार बन्नु पर्ने उहाँले बताउनु भएको छ ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता सिंहले यस्तो धारणा राख्नुभएको हो । मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट पार्टीहरु भएको समेत उहाँले आरोप लगाउनु भयो । कांग्रेस कार्यकर्तालाई अब सामाजिक सञ्जालदेखि सम्रग गतिविधिमार्फत चुनावी माहोल निर्माण गर्ने उहाँले निर्देशन दिनुभयो ।

मुलुकमा देखिएका तमाम समस्याको समाधान कांग्रेसबाहेक अरु दल ले गर्न सक्दै भन्ने स्थापित भैसकेको विगतका तमाम राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको समेत उहाँले बताउनु भयो। कांग्रेसले गरेका देशका उपलब्धिलाई आ–आफ्नो ठाउँबाट प्रचारप्रसार गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कांग्रेस पार्टीभित्रको एकता बलियो भए मात्रै मुलुकका सामु देखिएका चुनौती सामना गर्न सकिने भन्दै उहाँले सार्वजनिक मञ्च वा सामाजिक संजालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुने बताउनु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?