काठमाडौं । टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा विजय यात्रालाई जारी राखेको छ । टाइम्सले बुधबार विशाल मिलन केन्द्रलाई ११२–७६ ले हराउँदै एनबिएलमा छैटौँ जित दर्ता गरेको छ । अन्तिम खेलअघि १२ अंकका साथ टाइम्स शीर्षस्थानमा रहेको छ । टाइम्सलाई पछ्याउँदै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । आर्मीले बुधबार कीर्तिपुर बास्केटबल क्लबलाई ११५-११३ ले हराएको छ । एनबिएलमा पाँचौँ जित हासिल गरेको आर्मीको ११ अंक छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पहिलो खेलमा टाइम्सले तेस्रो क्वाटरपछि खेलमा नियन्त्रण बनाएको थियो । पहिलो क्वाटरमा १७-२२ ले पछि रहेको टाइम्सले दोस्रो क्वाटरको समाप्तिमा ४०-४० को बराबरी गर्न सफल भएको थियो ।
तेस्रो क्वाटरको अन्त्यमा पुग्दा अग्रता बढाउने क्रममा टाइम्सले ७०-५७ बनाएको थियो । २७ स्कोर गर्नुभएका टाइम्सका सुरज खड्गी खेलको म्यान अफ दी म्याच चुनिनुभयो । पहिलो क्वाटरको समाप्तिमा आर्मी २९-२३ ले अगाडि थियो । तर, दोस्रो क्वाटरमा पुग्दा कीर्तिपुरले ५८-५० ले अग्रता बनायो । तेस्रो क्वाटरको अन्त्यमा पनि कीर्तिपुर ८५-८४ ले अगाडि रहृयो ।
अन्तिम क्वाटरमा आर्मीले खेलमा पुनरागमन गर्यो । कीर्तिपुरले २८ स्कोर गर्यो भने त्यसको विरुद्ध आर्मीले ३१ स्कोर गर्दै नतिजा आफ्नो पक्षमा पा¥यो । २७ स्कोर गर्नुभएका आर्मीका विनोद महर्जन खेलको म्यान अफ दी म्याच घोषित हुनुभयो ।
एनबिएलमा अब उपाधि दौडमा टाइम्स र आर्मीमात्र छन् । कीर्तिपुर ९ अंकका साथ तेस्रो, रोयल स्पोर्ट्स सेन्ट्रल ८ अंकसहित चौथो स्थानमा छ । समान ७ अंक रहेको बुढानीलकण्ठ बास्केटबल क्लब पाँचौँ, विशाल मिलन छैटौँ स्थानमा छ । त्यस्तै सातौँ स्थानमा रहेको हाउड्सन बास्केटबल एकेडेमी र पुछारमा रहेको गोल्डेन गेट इन्टरनेसनल क्लबको समान ६ अंक छ ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाईको सहकार्यमा हुने सिंगल राउण्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच