यू-१९ वुमन्स विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना मलेसियामा हुने यू-१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटका लागि दोस्रो चरणमा १८ सदस्य टोली घोषणा गरेको छ । क्यानले सुरुमा प्रशिक्षणमा बोलाएको प्रारम्भिक ४४ सदस्य टोलीबाट उक्त संख्यामा खेलाडी छनोट गरेको हो ।

अर्को वर्ष पहिलोपटक दक्षिण अफ्रिकामा यू-१९ विश्वकप हुन लागेको छ । दुई महिनाअघि धनगढीमा सम्पन्न यू-१९ राष्ट्रिय प्रतियोगिताको प्रदर्शनलाई आधार मान्दै सुरुवाती ४४ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । प्रशिक्षण वैशाख १० देखि पोखरामा सुरु भएको थियो ।

क्यानले छनोट गरेका १८ सदस्यीय टोलीमा किरणकुमारी कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, सावित्री धामी, एलिसा यादव, रञ्जु श्रेष्ठ, अञ्जली बिके, हिरनमयी रोय, एलिसा खडिया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निसा साह, मनिषा रानामगर, प्रतिमा साह, ज्योत्स्निका मरासिनी र मनिषा चौधरी रहनुभएको छ ।

एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाइल्यान्ड छन् । शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलोपटक हुने यू-१९ टी-२० वुमन्स विश्वकप खेल्न पाउनेछ ।

यू-१९ विश्वकप २०२३ मा जनवरी फेब्रुअरीमा हुनेछ । प्रतियोगितामा कुल १६ टोली सहभागी हुँदा ४१ खेल हुनेछन् । एसिया छनोट भने जून पहिलो साता हुने क्यानले जनाएको छ । नेपालले अन्तिम १४ सदस्य टोली केही दिनपछिको प्रशिक्षणपछि सार्वजनिक गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?