ग्लोबलको छात्रवृत्ति कार्यक्रम सुरु

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा छ उत्तीर्ण गरी कक्षा सातमा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । तीन छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।

समाज विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धिका साथै आर्थिकरूपमा सबल हुनसमेत मद्दत पुग्ने भएकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?