
काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा व्यावसायिक फुटबल खेलिरहनुभएकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी बुधबार राती नेपाल फर्कनुभएको छ । प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँ सबै फुटबल गतिविधि स्थगित गरिएको थियो ।
सोही कारण साम्बा नेपाल फर्कनुभएको हो । साम्बा रहने क्षेत्र रानानामा भने हिंसाको केही असर नदेखिए पनि खेलकुद गतिविधि भने स्थगित गरिएको थियो । सावित्रालाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले स्वागत गर्नुभएको थियो ।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै साम्बाले इजरायलमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो ।
उहाँ इजरायलको वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध हुनुहुन्छ । गत साता उहाँको गोलमा टोली हारबाट जोगिएको थियो । चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल जानुभएको थियो ।
साम्बा सम्मिलित टोलीले लिगका चार खेलमा एकमा जित, दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ । ५ अंकका साथ टोली अंकतालिकाको पाँचौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच