काठमाडौं । हिटाकर्मीद्वय लेखनाथ पोखरेल र अक्कल कुँबरलाई ‘मिलाप पत्रकारिता विशेष सम्मान-२०८०’ प्रदान गरिएको छ । काठमाडौंमा मिलाप मासिकले बिहीबार आयोजना गरेको ‘दशैँ शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान’समारोहमा पत्रकारद्वय पोखरेल र कुँवरलाई ‘पत्रकारिता विशेष सम्मान’ अर्पण गरिएको हो ।
समारोहका प्रमुख अतिथि प्रथम उपराष्ट्रपति परमानन्द झाले उहाँहरूलाई दोसल्ला, रुद्राक्ष र सम्मानपत्र प्रदान गर्नुभएको थियो । पत्रकारद्वय पोखरेल र कुँवरले पत्रकारिताको माध्यमबाट नेपाली भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रमा पुर्याएको योगदान स्वरूप सम्मान गरिएको मिलापले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच