कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा

तस्बिरः सामाजिक सञ्जाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ ।

कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई वैधानिकता सर्वोच्च अदालतले आदेश दिएपछि विवादमा पर्नुभएको उहाँले पदबाट राजीनामा दिनुभएको छ ।

एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङ्गले आह्वान गर्नुभएको थियो ।

सो क्रममा कांग्रेसका थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख गौतमले हस्ताक्षर गर्नु भएको थियो। सोविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुग्नुभएको थियो ।

उहाँको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्तक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेका थियो ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?