काठमाडौं । अर्गानिक फोहोर व्यवस्थापन र दिगो जीवनयापनबारेमा उपभोक्तामा चेतना जगाउने उद्देश्यका साथ सेवा नेपालले ग्रिन एक्सन विक (हरित सप्ताह) मनाएको छ । यस वर्षको सप्ताह दिगो फेसन र कपडाको फोहोर व्यवस्थापनका उदयीमान पाटामा केन्द्रित थियो ।
सो अवसरमा सेवा नेपालकी संस्थापक अध्यक्ष कल्याणी शाहले ग्रिन एक्सन विक मनाउँदै गर्दा विगतका केही अनुभवका साथै त्यसको प्रभावकारिताका बारेमा चर्चा गर्नुभयो । सेवा नेपालका कार्यवाहक अध्यक्ष केशवराज लम्सालले सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै कार्यक्रमको उद्देश्य पूरा हुनेमा विश्वस्त रहेको बताउनुभयोे ।
कपडा रेन्ट, अफोर्डेबल थ्रिफ्ट सप नेपाल र सुखावती च्यारिटी फाउण्डेसनको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । उल्लेखित संस्थाहरूले कपडाको फोहोर घटाउने, सेकेण्ड हृयाण्ड कपडाप्रति मानिसको धारणा परिवर्तन गर्ने, फेसनेबल हुनुका साथै किफायती विकल्प उपलब्ध गराउने र प्रयोग गरिएका वस्तु साझा गरेर खुसी बाँड्ने अवधारणासाथ काम गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच