महालक्ष्मी कर्पोरेट क्रिकेट लिग विजेता आइसिएफसी

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग विजेतालाई पुरस्कार प्रदान गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको बैंकले २८औँ वार्षिकोत्सवको अवसर पारेर क्रिकेट लिग आयोजना गरेको थियो ।

जेठ १३ देखि १५ गतेसम्म आयोजित प्रतियोगिताको उपाधि आइसिएफसी फाइनान्सले जितेको छ । प्राइम बैंक द्वितीय र कामना सेवा विकास बैंक तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले विजेता टिमलाई संयुक्तरूपमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?