भोजपुर । कर्मचारी मिलन केन्द्र भोजपुरले नजिकिँदै गरेका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
बिगतको बर्षहरुमा भन्दा मिलन केन्द्रले यस बर्ष नयाँ ढंगले कर्मचारीका बिचमा शुभकामना आदान प्रदान गरेको छ । एकले अर्कालाई फुलको गुच्छा दिँदै शुभकामना आदान प्रदान गरिएको थियो । मिलन केन्द्रका सचिव प्रकाश खडकाले भन्नुभयो, “बिगतका बर्षहरुमा भाषणको माध्यमबाट शुभकामना दिने प्रचलन थियो, यो बर्ष भने फुलको गुच्छा एकले अर्कालाई दिएर शुभकामना भनियो ।” यसले झन बढी कर्मचारीका बिचमा आत्मियता बढाएको देखिन्छ ।
मिलन केन्द्रका अध्यक्ष जिवन धमलाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला न्याधीश तथा संरक्षक मणीराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी तथा संरक्षक हरिप्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयमा कार्यरत कर्मचारी, केन्द्रका पदाधिकारी, पत्रकारको सहभागीतामा शुभकामना आदान प्रदान गरिएको हो ।
सोक्रममा जिल्लामा सरुवा भएर आउनु हुने नयाँ कर्मचारीलाई स्वागत समेत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच