काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास ‘अपराजिता’ लोकार्पण गरिएको छ । शुक्रवार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गर्नुभएको हो ।
पुस्तक लोकार्पण गर्दै उहाँले लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरूको मार्मिक रुपमा चित्रण गर्नुभएको बताउनु भयो । उहाँले उपन्यासका पात्रहरूको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरूको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गर्नुभएको उल्लेख गर्नुभयो ।
समारोहमा संक्षिप्त मन्तव्य राख्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक लोकेन्द्रबहादुर चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भएपनि विगतमा समय अभावका कारण कथामै टुंग्याएको सुनाउनुभयो । उहाँले उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको बताउनु भयो । यो उपन्यास सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच