काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समिति अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ । त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैयाँ ९६ पैसा बराबरको नगद लाभांश प्रस्तावसमेत सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै साधारणसभाबाट प्रवलजंग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । सञ्चालक समितिले बैंकको अध्यक्षमा प्रवलजंग पाण्डेलाई चयन गरेको छ । बैंकका संस्थापक सेयरधनीतर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बन्नुभएका पाण्डेले बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बैंकको संस्थागत सुशासन सुदृढ बनाउँदै नयाँँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्ने र सेवा विस्तार गर्ने उहाँले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष पाण्डे यसअघि सिटिजन्सकै सञ्चालक हुनुहन्थ्यो । अध्यक्ष राजनसिंह भण्डारीको कार्यकाल समाप्तपछि सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षका लागि अध्यक्ष चयन गरेको हो । इञ्जिनियरिङ संकायमा स्नातक पाण्डे सिमेन्ट तथा औषधि उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापारमा संलग्न हुनुहुन्छ ।
सिटिजन्स बैंकले देशभर फैलिएका १८८ शाखा, १४८ एटिएम र ९७ शाखारहित बैंकिङ इकाईबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेलगायत सुविधा पनि उपलब्ध गराउँदै आएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच