
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताउनु भएको छ ।
चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धधन पाँच वर्ष टिक्ने दाबी गर्नुभयो ।
वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरुले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
गठबन्धन भत्काउने प्रयास कोशी प्रदेशबाट सुरु गर्न खोजिए पनि असफल भएको बताउँदै उहाँले भन्नुभयो ‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए ।’
सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर उनीहरुले यसो गरेको प्रधानमन्त्रीको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच