कम्युनिस्टले झैँ कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा

Read Time = 2 mins

हेटौंडा । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताउनु भएको छ । सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाउनु भयो ।

उहाँले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताउनु भयो । ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उहाँले भन्नुभयो, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ ।’

अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जनताको विश्वास र भरोसा नतोड्नुस्,' उहाँले भन्नुभयो, ‘जनतालाई परिवर्तनको महसुस गराउन सकेनौं भने राजनीतिक दल समस्यामा पर्नेछ ।’ जनताको जीवनमा बदलाव ल्याउन सक्नुपर्नेमा उहाँको जोड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?