काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी हितका लागि सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई बदलिन आग्रह गर्नुभएको छ ।
डा. कोइरालाको सक्रियतामा कोशी प्रदेशमा कांग्रेसबाट विद्रोह गरेर केदार कार्की मुख्यमन्त्री बनेको विषयलाई लिएर महामन्त्री शर्माले आइतबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो धारणा राख्नुभएको हो ।
सभापति देउवा र नेता शेखर दुबैको शैलीले पार्टीको हित नगर्ने भन्दै शर्माले दुबै नेतालाई बदलिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभएको छ, 'व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न `फरक विचार समुहको नेता´ले आफ्नै समुहभित्र `साझा मत´ खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलिले पार्टीको हित हुन्न ।' उहाँले भन्नुभयाे, 'जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईंहामी बदलिनुमा सन्निहित छ । '
यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं l सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन l तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न l
सल्लाहले `डिभोर्स´ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न l `पुस १०´ पनि नबिर्षौं l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 15, 2023
साथै शर्माले निर्वाचन परिमाणले सहकार्यको संस्कृति पालना गर्न निर्देश गरेको बताउँदै एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न नसक्ने समेत बताउनु भएको छ । यस्तो बेला नेतृत्वले निरन्तर संवाद मार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
`कोशी घटना´ लाई `डढेलो´ बन्न नदिन संयम र परिपक्वता राखौं !
`गणितीय जटिलता´ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- `कोशिमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर´ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 15, 2023
महामन्त्री शर्माले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता राख्न समेत अनुरोध गर्नुभएको छ ।
'कोशी घटना' लाई 'डढेलो' बन्न नदिन संयम र परिपक्वता राखौं ! 'गणितीय जटिलता' अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- 'कोशीमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर।'
`कोशी घटना´ लाई `डढेलो´ बन्न नदिन संयम र परिपक्वता राखौं !
`गणितीय जटिलता´ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- `कोशिमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर´ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 15, 2023
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच