काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ प्रस्थान गर्नुभएको छ। जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नुहुनेछ।
हिजो साँझ मात्रै अचानक अस्वस्थ्य भएको महशुश पछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुग्नुभएको थियो। छात्तिमा असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएको उहाँको अवस्था सामान्य भएको अस्पतालले जनाइसकेको छ ।
‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको’ जनाए पछि उहाँ बुधबार बिहानै मुस्ताङ प्रस्थान गर्नुभएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच