भोजपुर । पहाडी जिल्ला भोजपुरमा रंगशालाको निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समिति भोजपुरका प्रमुखलाई बुधबार साँचो हस्तान्तरण गरिएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इञ्जिनियर शिवकुमार शाहले निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई रंगशालाको साँचो हस्तान्तरण गर्नुभएको हो । रंगशालाको निर्माणले अब ठूला प्रतियोगिता सञ्चालनमा सहजता भएको समन्वय प्रमुख राईले बताउनुभयो ।
तत्कालीन जिल्ला विकास समितिले रंगशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको थियो । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको १४ करोड लगानीमा रंगशाला निर्माण भएको हो । रंगशालाको निर्माण कार्यको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो ।
सुविधासम्पन्न रंगाशाला बनेपछि स्वामित्व कसले लिएर सञ्चालन गर्ने भन्ने समस्या पनि समाधान भएकाले अब खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न पाइने भोजपुर जिल्ला फुटबल संघका महासचिव तुफान किराँतीले बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासी तथा खेलाडीहरूमा उत्साह जगाएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।
सुविधासम्पन्न रंगशालाको अभावमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल खेलाडी भोजपुरका भए पनि जिल्लामा व्यवस्थित रंगशालाको भने अभाव थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच