कालीकोट । अन्तर्राष्ट्रिय बालिका दिवस अर्थात अक्टोबर ११ को सन्दर्भ पारेर गर्ल्स टेकओभर कार्यक्रम अन्तरगत कालीकोटकी १७ वर्षीया मोनिका बुढाले एक दिनका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको कार्यभार सम्हाल्नु भएको छ ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले १ दिनका लागि मोनिकालाई बुधबार आफ्नो पदभार हस्तान्तरण गरेपछि मोनिका एकदिनका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री बन्नुभएको हो ।
बुधबार अन्तर्राष्ट्रिय बालिका दिवसको अबसरमा पदभार ग्रहण गर्दै मोनिकाले मन्त्रालयले गर्ने कार्य तथा जिम्मेवारीका बारेमा आफूले जानकारी लिएको बताउनुभयो । उक्त अवसरमा उहाँले सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा अधिकृत बलवीर सुनारमार्फत सम्बन्धित महाशाखाका कामका बारेमा पनि जानकारी लिएको बताउनुभएको छ ।
एक दिनका लागि सामाजिक विकास मन्त्री बन्नु भएकी मोनिकाले हाल मन्त्रालय मार्फत भइरहेका कार्यहरु सम्बन्धित महाशाखाले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उक्त निर्देशनलाई सम्बन्धित अधिकारीहरुले कार्यान्वयनमा अगाडी बढाउने प्रतिबद्धता समेत गरेका छन् ।
सोही अवसरमा मोनिकाले कालीकोटमा अझै सम्म पनि आर्थिक वर्ष २०८० को कक्षा ११ को पढाई सुरु नभएको गुनासो आएको र प्रतिस्पर्धात्मक रुपमा सिक्ने अवसर सुनिश्चित गर्न के कसरी काम गर्न सकिन्छ भनी सम्बन्धित महाशाखालाई प्रश्न समेत गर्नुभएको थियो । मोनिकाको प्रश्नको जवाफ दिँदै शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा शैक्षिक सूचकहरु अन्य प्रदेशहरुको तुलनामा कम रहेको र उल्लेखित समस्याहरुलाई कम गर्न माननीय मन्त्री ज्यूको अगुवाईमा कार्यान्वयन गर्न सकिने प्रतिबद्धता जनाउनुभयो ।
साथै मोनिकाले “विभिन्न सर्वेक्षणले कर्णालीमा बालबिवाह उच्च रहेको र यसले व्यक्तित्व, सिप तथा जिवन जिउने कला सिक्न बाधा गरिरहेको हुँनाले बालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुने वातावरण सिर्जना गर्न अनुरोध समेत गर्नुभएको थियो । त्यसैगरी, कर्णालीमा महिनावारीको समयमा छाउपडीमा बस्नुपर्ने र विभेद गरिने एकदमै पीडादायी अवस्थाबाट मुक्ति पाउन सामाजिक विकास मन्त्रालयले काम गर्नुपर्ने धारणा राख्नुभयो ।
प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीना कुमारी पराजुलीले भन्नुभयाे, “गल्र्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि एक उत्कृष्ट अवसर हाे ।”
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बालिकाहरुको क्षमता र नेतृत्व विकासको लागि यो अवसर मिलाउन प्रयत्न गरेकोमा प्लान इन्टरनेशनल नेपाललाई धन्यबाद दिँदै अहिले मोनिकाको व्यक्तित्व प्रभावशाली रहेको र स्वयंले यसलाई निरन्तरता दिई उदाहरणिय बनिरहनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै माननीय सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले मोनिका जस्तै लाखौं प्रतिभालाई जन्म दिनु कर्णालीका लागि सोैभाग्य भएको बताउनुभयो साथै उहाँले जीवनमा आफ्नो निर्धारित लक्ष्यमा पुग्न मुलबाटो नछोडी निरन्तर लागिरहन अनुरोध गर्दै मोनिकालाई भविष्यको सामाजिक विकास मन्त्रीको रुपमा देख्ने आफ्नो इच्छा रहेको बताउनुभयो ।
किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यले अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको १ दिने पदभार ग्रहण गर्नुभएकी नरहरीनाथ-३ कालीकोटकी १७ वर्षिया मोनिकाले मन्त्रालयको अनुभव र कर्णालीका बालिका एवं किशोरीहरुका सवालहरुलाई यहांहरु समक्ष राख्नका लागि जीम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा धन्यबाद व्यक्त गर्नुभएको छ ।
यसले मलाई म र मजस्ता बालिकाहरुलाई आफ्नोे लक्ष्यमा अझ लगनशिल भएर लाग्नमा प्रेरित गर्ने छ । यस्तो सहज एवं आत्मविश्वासपूर्ण वातावरणमा सहजीकरण गर्नुभएकोमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच