भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेकोजीप दुर्घटना हुँदा एक जना बच्चासहित सात जनाको मृत्यु भएको छ । एक बच्चासहित तीन पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
को १ ज २५९३ नम्बरको जीप उदयपुर बेलका ७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको मृत्यु भएको र अन्य घाइतेहरुलाई थप उपचारका लागि धरान पठाइएको छ । जीपमा १४ जना सवार रहेको सुचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा उद्धारको काम भई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भने हुन नसकेको बताउनुभयो । दुर्घटनामा परेको जीपमा भोजपुरका यात्रुहरु बढी रहेका थिए । सडकबाट करिव तीन सय मिटर तल जीप खसेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच