व्यभिचारको आरोपमा पाकिस्तानमा ढुंगाले हानेर महिलाको हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

इस्लामबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा यौन ब्यभिचार गरेको आरोपमा एक महिलालाई ढुंगाले कुचेर हत्या गरिएको छ ।

यो घटना लाहोरबाट करिब ५०० किलोमिटर टाढा रहेको पञ्जाबको राजनपुर जिल्लामा घटेको प्रहरीले जनाएको छ ।

पाकिस्तानी प्रहरीका अनुसार महिलाका श्रीमानले उनीमाथि अन्य पुरुषसँग यौन सबन्ध राखेको आरोप लगाएका थिए । शुक्रबार ती व्यक्तिले आफ्ना दुई दाजुभाइसँग मिलेर महिलालाई सुरुमा रुखमा बाँधे अनि ढुंगाले हानीहानी हत्या गरे । ढुंगाले हिर्काउनुअघि उनीहरूले ती महिला निर्मम यातना समेत दिएका थिए । अपराध गरे पछि दुवै दाजुभाइ फरार छन् । उनीहरु पञ्जाब र बलुचिस्तानको सीमा क्षेत्रमा लुकेर बसेको बताइएको छ ।

महिला राजनपुरको अल्कानी जनजातिकी हुन् । पाकिस्तानमा हरेक वर्ष इज्जतको नाममा धेरै महिलाको हत्या हुने गरेको छ । मानव अधिकारकर्मीका अनुसार पाकिस्तानमा हरेक वर्ष करिब एक हजार महिलाको ‘अनर किलिंग’ को नाममा हत्या हुने गरेको छ । पीडितहरूले आफ्नो इच्छा विपरीत विवाह वा यौन सम्बन्ध राखेर परिवारलाई अपमानित तुल्याएको विश्वास गरिन्छ। यस्ता हत्यामा प्रायः परिवारका सदस्यको हात रहेको हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?