कांग्रेस गुल्मीको सम्मेलन मंसिर ९ र १० गते तम्घासमा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins
गुल्मी । नेपाली कांग्रेस गुल्मीले जिल्ला सम्मेलनको मिति तय गरेको छ । आगामी मंसिर ९ र १० गते जिल्लाको सदरमुकाम तम्घासस्थित चिदिचौरमा दोस्रो सम्मेलन गर्ने तयारी भएको सचिव भगत सिंह खड्काले जानकारी दिनुभयो ।

जिल्ला कार्य समितिको एघारौँ बैठकमा मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको थियो । केन्द्रीय नेताहरुको उपस्थितिमा दोस्रो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न गर्नका लागि सो मिति तय गरिएको सामाजिक संजाल फेसबुकमार्फत उहाँले जानकारी गराउनुभयो ।

जिल्लाका ९३ वटै वडा र १२ वटै स्थानीय तहमा पार्टीको सम्मेलन सकिएको छ । जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा कात्तिक २२ गते बुधबार एकै दिन १२ वटै स्थानीय तहमा पार्टीको दोस्रो सम्मेलन तयारी बैठक बस्ने भएको छ । सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।

सम्मेलनको माध्यमबाट पार्टी संगठनलाई सशक्त बलियो र क्रियाशील बनाएर अगाडि बढाउन सकिने सभापति खिलध्वज पन्थीले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो दिन उदघाटनसत्र वृहत् भेला तथा आमसभा र दोस्रो दिन बन्दसत्र पार्टीको साङ्गठनिक प्रतिवेदन प्रस्तुत, नेता कार्यकर्तालाई प्रशिक्षणसहित साङ्गठनिक भावी योजना प्रस्तुत गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?