एमाले जुम्लाबाट रतननाथ योगी सर्वसम्मत सिफारिस

Read Time = 2 mins

-विजय रावत

जुम्ला । नेकपा (एमाले) जुम्लाले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा युवा नेता रतननाथ योगीको नाम एकल सिफासिर गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि एमाले जुम्लाबाट रतननाथ योगी लाई एकल उम्मेदवारी रुपमा सिफारिस गरिएको एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी दिनुभयो ।

एमाले जुम्लाले प्रदेश सभा क्षेत्र नम्बर (क) प्रत्यक्षतर्फ धिरेन्द्रराज गिरी र गगन बहादुर बढ्थापा र प्रदेश सभा क्षेत्र नम्बर (ख) प्रत्यक्षतर्फ एकल उम्मेदवारका रुपमा टेकराज पछाई सिफारिसमा परेको एमाले जुम्लाले जनाएको छ । प्रतिनिधिसभा उम्मेदवार योगी पूर्व जिल्ला पार्टी सचिव हुदै एमाले जुम्ला जिल्ला ईन्जाच र केन्द्रिय सदस्य समेत हुन ।

२०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाका आठवटा स्थानीय तहमा जिल्लाको तिला गाउँपालिकाको अध्यक्षमा रतननाथ योगी मात्र एमालेबाट निर्वाचित भएका थियो । युवापुस्ता माझ लोकप्रिया नेताका रुपमा योगी चिरपरिचित छन् । एमाले जुम्लाले समानुपातिकतर्फ संघमा चार जना र प्रदेश सभा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?