काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी यू-१९ प्रिमियर कपमा साउदी अरेवियालाई ३०१ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ‘ए’ मा ३ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । जितका लागि ३४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेविया १९.१ ओभरमा ४६ रनमा अल आउट भयो । साउदीका वरुण मुदालियरले २५ बलमा ११ रन बनाउनुभयो ।
मोहम्मद अहमदले ९, अब्दुल्लाह शिराजले २६ बलमा ९ बाहेक साउदीका १० ब्याटरले नेपालको बलिङसामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका दीपेश कँडेलले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिनुभयो । आकाश चन्दले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो । सुवास भण्डारीले एक विकेट लिनुभयो ।
त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४७ रन बनायो । नेपालको जितमा अर्जुन कुमालले १११ बलमा १७ चौका र २ छक्कासहित १४२ रनको सानदार शतकीय इनिङ खेल्नुभयो । अर्जुन नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो ।
नेपाललाई पहिलो विकेटका लागि अर्जुन कुमाल र दीपक बोहराले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो । दीपक ३७ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट हुनुभयो । साउदी अरेवियाका मोहम्मद अहमद र अहमद राजाले दुई-दुई विकेट लिनुभयो । जुहैर मोहम्मद शजिव मुजिबुर रहमानले एक÷एक विकेट लिनुभयो ।
नेपालले पहिलो खेलमा इरानलाई २७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । सेमिफाइनल कात्तिक ५ गते (अक्टोबर २२) मा हुनेछ । फाइनल र तेस्रो स्थानका लागि कात्तिक ७ (अक्टोबर २४) मा प्रतिस्पर्धा हुनेछ ।
नेपालले सेमिफाइनलमा समूह ‘डी’ को विजेतासँग खेल्नेछ । समूह ‘डी’ को विजेता शुक्रबार निर्धारण हुनेछ । समूह ‘डी’ मा जापान दुई खेलमा चार अंकका साथ शीर्षस्थानमा छ । हङकङ दुई खेलमा दुई अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया दुई खेलमा दुई अंकका साथ तेस्रो स्थानमा छ । इण्डोनेसिया दुई खेलमा अंकविहीन हुँदै बाहिरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच