काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो जित हात पार्ने क्रममा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले हङकङलाई ९४ रनमा अलआउट गरेको थियो । जवाफी ब्याटिङमा नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका कप्तान रोहित पौडेलले २० बलमा १ चौका र २ छक्कासहित २५ रन जोड्नुभयो ।
यस्तै ओपनर आसिफ शेख ३४ बलमा ६ चौकासहित ४२ रनमा आउट हुनुभयो । अर्का ओपनर कुशल भुर्तेल ८ रन, कुशल मल्ल १, सन्दीप जोरा ३ रनमा आउट हुनुभयो । गुलशन झा ५ बलमा २ छक्कासहित १४ रनमा नट आउट रहनुभयो । हङकङका एहसान खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिनुभयो । यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिनुभयो । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । मध्यक्रमका ब्याटर यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाउनुभयो ।
पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सीमित हुन पुग्यो । इनिङको पहिलो बलमै करणको बलमा कप्तान निजाकत बोल्ड हुनुभयो । त्यसपछि तीव्र गतिका बलरले लगातार विकेट लिएपछि शीर्षक्रम धराशायी बनेको थियो ।
एक समय ३३-५ को स्थितिमा रहेको हङकङलाई मुर्तजा र जिशान अलीले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याउनुभयो । जिशानले २० बलमा २ चौकासहित १७ रन जोड्नुभयो । हङकङका ९ ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिनुभयो । अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १-१ विकेट लिनुभयो । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच