रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद ३६ लाख १२ हजार ४ सय ३ रुपैयाँ अनुदान वितरण गरेको छ ।
दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले नियमित रुपमा पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ ।
अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।
नगरपालिकाले सधैजसो चालु आर्थिक वर्षमा पनि दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान दिनेगरी बजेट विनियोजन गरेको नगरप्रमुख खाणले बताउनु भएको छ ।
नगरपालिकाले दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो ।किसानले एक वर्षमा जति लिटर दूध सहकारीमार्फत् बिक्री या संकलन गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो ।
अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधि समेत जारी गरिसकेको छ । तिलोत्तमामा हाल १८ वटा दुग्ध उत्पादक सहकारी र एउटा चिस्यानकेन्द्र सहित १९ वटा दुग्ध उत्पादक संस्थाहरु छन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दूध संकलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेको छ ।विभिन्न १६ वटा सहकारीले अनुदान रकम प्राप्त गरेका छन् । बाँकी सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा वाषिर्क ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ, तर सबै दुध यही संकलन नहुने र अन्यत्र समेत बिक्रि हुने किसानहरुको भनाई छ।
नगरको टिकुलिगढ दुग्ध उत्पादक सहकारीले वाषिर्क सात लाखभन्दा बढी लिटर दूध संकलन गर्दै आएको छ ।सहकारीमार्फत् तीन हजार बढी किसानले दूध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दुध संकलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्यांकमा जनाइएको छ ।
सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाइ विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ ।यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल वताउनु भयो।
‘सहकारी संस्थाहरुको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था गरेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भन्नुभयोे, ‘अनुदानले दूध उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्ने छ ।
गरीब किसानलाई समेत पुग्ने गरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको र ‘सबै किसानको पहुँच पुग्ने गरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो कामको निरन्तरता दिएको एक किसान खिमलाल पाण्डेले वताउनु भयो।
उहाँले नगरपालिकाले दिएको अनुदान किसानले उचित सदुपयोग गर्नुपर्ने समेत वताउनु भयो। ’नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायतका कार्यक्रम पनि संचालन गरिरहेको नगरपालिकाका पशु शाखा प्रमुख राजु कुँवर मगरले वताउनु भयो ।
उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, नीति तथा कार्यक्रम र बजेटमै राखिएको यस नगरपालिकामा हाल २७सय २२ किसानहरुले पशुपालन गर्दै आउनु भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच