व्यक्तिगत रूपमा मानिस सार्वभौम छ । मानिस वा व्यक्ति आफैँ सत्ता होइन । व्यक्ति त समाजको प्रतिनिधि हो । समाजका हरेक कुरामा व्यक्तिको व्यक्तित्वले प्रभाव पारेको हुन्छ । मानिसको व्यक्तिगत, सामाजिक, राजनीतिक जीवनमा भिन्न प्रकारको अवस्थाले काम गरेको हुन्छ । व्यक्तिगत जीवन मानिसको आफूमा केन्द्रित रहेको हुन्छ । सामाजिक जीवन समाजको सामाजिक संरचनामा केन्द्रित गरेको हुन्छ मानिसको । राजनीतिक जीवन त मानिसको आफ्नो हुँदैन । राजनीतिक जीवन राष्ट्रको हुने गरेको हुन्छ । मानिसको व्यक्तिगत जीवनभन्दा राजनीतिक जीवन साहै्रै महत्वको हुने गर्दछ । राजनीतिक जीवनका हरेक पल र क्षण देशका लागि समर्पित भएको हुनुुपर्दछ । राजनीति मानिसको चाहना वा बाध्यता होइन । त्यो त देशका लागि सेवा होे ।
महाभारतमा युुद्ध जितिसकेपछि युुधिष्ठिर हस्तिनापुरका प्रधान सेवक बने । प्रधान सेवक बनेपछि उनले गरेका सबै क्रिया व्यक्तिगत भएनन् । उनका सबै काम राष्ट्र र हस्तिनापुरका जनताप्रति समर्पित रहे । शासनमा कहिले पनि शासक हावी हुँदैन । उसका कर्म र उसले गरेका कामले उसलाई चिन्ने गरिएको हुन्छ । ऊ शासक हो । शासक व्यक्तिगत इच्छापूूर्ति र पारिवारिक चाहनाको पर्याय होइन ।
शासकले गर्ने र गरेका सबै क्रिया उसले गरेका कर्मको लेखाजोखा उसको शासन समाप्त भएपछि मात्र पहिचानमा आएका हुन्छन् ।
व्यक्तिगत जीवन जिउन चाहने व्यक्ति कहिले पनि राजनीतिमा सक्रिय भूमिकामा आउनुु हुँदैन । व्यक्तिगत जीवनले दिने सबै मनका चाहनालाई राजनीतिक जीवनले नदिन पनि सक्छ । मानिसमा विद्यमान रहेका भावनालाई बोक्ने आधार राजनीतिक जीवन हो । त्यसैले राजनीति जहिले पनि सम्मानको पर्याय हुनुु आवश्यक मानिएको छ । राजनीति सम्मानको पर्याय भएन भने राजनीतिकर्मी व्यक्तिमा मात्र सीमित हुने गर्दछ ।
सम्मान आवश्यक छ
शासक सधैं शासनमा बसिरहन सक्दैन । शासक निश्चित अवधि शासनमा रहेको हुुन्छ । अवधि सकिए पछि वा पुुनः शासनमा नआए उसका कर्मले वा उसले शासनमा रहँदा गरेका कामले नै उसलाई जीवन्त बनाएका हुन्छन् । हस्तिनापुरमा युधिष्ठिरले सत्ता सम्हाल्नुुभन्दा पहिला हस्तिनापुरवासीलाई सम्बोधन गर्दै भने
अनुुग्राहृया वयं नूूनं भवतामिति मे मति
यदेवं गुुणसम्पन्नानस्मान् ब्रुुथ विमत्सरा ।।
मलाई विश्वास छ तपाईंहरूले मलाई अनुुग्रहको पात्र सम्झनुुभएको छ । त्यसैले हजुुरहरूले इष्र्या, द्वेष भुुलेर हामीलाई गुुणसम्पन्न सम्झनुुभएको छ । यो उनको हस्तिनापुरवासीप्रतिको आग्रह थियो । यति ठूलो नरसंहारपछि पनि हजुरहरूले हामीमाथि विश्वास गरिरहनुभयो । हस्तिनापुरका जनताको विश्वासमा म खरो उत्रन सक्छुु वा सक्दिन म आफैँ पनि चकित छुु । हजुरहरूको यो विश्वासका लागि म धन्य छुु । मप्रतिको तपाईंहरूको विश्वासले म दृढ छु । हस्तिनापुरवासीको यो माया, सद्भाव तथा भावनाले मलाई सार्थक समर्थन प्राप्त भएको छ । युधिष्ठिरप्रति देखाएको यो विश्वासमा हस्तिनापुरवासीलाई सम्बोधन गर्दै युुधिष्ठिर भन्छन् :
धृतराष्ट्रो महाराजः पिता मे दैवतं परम्
शासनेद्रस्य प्रिये चैव स्थेयं मत्प्रियकांक्षिभिः ।।
धृतराष्ट्र मेरा ठूलो बुुबा हुनुुुहुुन्छ । जसले मलाई सहयोग र शासनमा सघाउन चाहेको छ त्यो व्यक्ति धृतराष्ट्रको आज्ञालाई सदा पालन गरोस् । यो युुधिष्ठिरको आफ्नो पहिचान हो । मप्रति विश्वास गर्ने सबैले पूूर्वप्रधान सेवक धृतराष्ट्रप्रति पनि सदा समर्पित रहोस् । म शासक भए पनि उहाँप्रतिको अपमान मलाई स्वीकार्य छैन । धृतराष्ट्रले जीवनभर कहिले पनि पाण्डवहरूको उन्नति र प्रगति चाहेनन् । आफ्ना छोराहरूको रजाइँ चाहे ।
शासकले गर्ने र गरेका सबै क्रिया उसले गरेका कर्मको लेखाजोखा उसको शासन समाप्त भएपछि मात्र पहिचानमा आएका हुन्छन् । व्यक्तिगत जीवन जिउन चाहने व्यक्ति कहिले पनि राजनीतिमा सक्रिय भूमिकामा आउनुु हुँदैन ।
पाण्डवलाई हस्तिनापुरबाट सकेसम्म बेदखल गर्ने अभिभारा उनमा विद्यमान् रहेको पुुत्रमोह थियो तर सत्ता युुधिष्ठिरका हातमा आएपछि उनीप्रतिको सम्मान र इज्जतमा कुुनै किसिमको कमी देखिएन । यही हो आदर्श शासकको गुुण र शासकमा हुनुुपर्ने आधार पनि । यही कुरा आदर्श शासकमा देखिनुु अनिवार्य छ राजनीतिमा । मलाई प्रधान सेवकका नाममा दिने सद्भाव र महत्ता पूूर्वशासकका नाताले धृतराष्ट्रलाई दिनुुपर्ने भावनाले भरिएको अभिव्यक्ति हो यो ।
यदि चाहमनोग्राहृयो भवतां सुहृदां तथा
धृतराष्ट्रे यथापूूर्वं वृत्तिं वर्तितुुमर्हथ ।।
मेरा आफन्त, मेरा जनता यदि तपाईंहरूको मप्रति सदा सम्मान र इज्जत रहेको छ । यो मप्रति देखाएको आदर र सम्मान सदा मेरा पूजनीय ज्येष्ठ पिता धृतराष्ट्रप्रति पनि देखाउनुुहुन आग्रह छ । पूूर्ववर्ती शासकलाई सम्मान गर्नु अनिवार्य हुन्छ । आफूूभन्दा पहिला आउने शासक अनुुभवको पुुञ्ज हो । सबै कुरा शासकका गलत हुँदैनन् । शासकले केही नयाँ कुुरा जनहितमा गरेको हुन्छ । उसले गरेका राम्रा कामको स्वागत गर्नु अनिवार्य छ । उसले थाती राखेका राम्रा कामलाई सही मार्ग देखाउनुु र गलत कामप्रति सचेत हुनुु अनिवार्य हुन्छ शासकमा ।
शासकले गरेका कर्मलाई धारेहात लगाएरमात्र आफूू राम्रो बनिन्छ भन्ने भावनाले ग्रसित भइयो भने व्यवस्था र शासकीय पद्यतिप्रति नै प्रश्नचिहृन उपस्थित हुने गर्दछ । युुधिष्ठिर धृतराष्ट्रप्रतिको सम्मानमा चुुकेका छैनन् । हाम्रा लागि जहिले पनि नराम्रो सोच्ने र आफूलाई राज्यबाट दिइने सुुविधा केही नदिने धृतराष्ट्रप्रति युुधिष्ठिर बेखवर हुन सक्थे तर उनले त्यसो गरेनन् । यही हो शासनमा हुने व्यक्तिको महानता पनि । अझ युुधिष्ठिर भन्छन् :
अस्यैव पृथिवी कृत्स्ना पाण्डवाः सर्व एव च
एतन्मनसि कर्तव्यं भवद्भिर्वचनं मम ।।
यो सबै पृथ्वी र पाण्डवसमेत धृतराष्ट्रको अधिकारमा छन् । यो मेरो प्रार्थनालाई सबैले स्वीकार गरेर आफ्नो हृदयमा स्थान दिनुहोला । यो हो शासकमा हुने व्यवहार । शासकले पूूर्वशासकप्रति देखाउने व्यवहार पनि । यसैलाई भनिन्छ सत्ता र शासन । शासनमा बसेर पनि आफूलाई र आफ्नो शासकीय व्यवहारलाई धृतराष्ट्रमा सुुम्पिने युधिष्ठिर वास्तवमा असल शासकका रूपमा गनिएका व्यक्ति हुन् । उनले जीवनमा कहिले पनि आफ्नो भलो नचाहने व्यक्तिप्रति जुन किसिमको सद्भाव र भावना देखाए त्यसले उनमा शासकमा हुने असल व्यवहार विद्यमान् थियो भन्ने कुरालाई प्रमाणित गरिदिएको छ ।
हाम्राले पनि सिकूून्
पौराणिक इतिहासमा रामराज्य र हस्तिनापुरको शासकीय व्यवस्थालाई उत्तम मानिएको छ । ती राज्यमा देखिएका शासकीय व्यवस्था राजतन्त्रात्मक थिए । राजतन्त्र भए पनि जनताको हितलाई सबैभन्दा महत्वपूूर्ण मानिएको थियो तत्कालीन समयमा । शासनमा हुनुुपर्ने व्यवस्थापकीय पक्ष र शासकमा देखिने गुुणले व्यवस्थाको पहिचानमा सहयोग गरेको हुन्छ । आफूूले निर्वाह गर्नुपर्ने भूमिकालाई जीवन्त बनाएका छन् हस्तिनापुरका शासक युुधिष्ठिरले । हाम्रो देश आज गणतन्त्र र सङ्घीय शासकीय पद्यति भएको देश मानिएको छ । शासकीय पद्यतिमा हामीले आफूले विभिन्न कालखण्डमा आन्दोलन गरेर ल्याएको शासकीय व्यवस्था पनि हो । यो व्यवस्थाका आफ्नै सैद्धान्तिक आधार व्यवस्थापकीय पद्यति पनि छन् । तिनै पद्यतिका मातहतबाट शासकीय व्यवहार गतिलो तरिकाले गतिशील बनेको पाइन्छ ।
राजनीति गर्ने सबै पार्टीहरू मिलेर देशलाई सुुदृढ पारौँ भन्ने भावना कसैमा पनि देखिएन । आफूले पाएको पद कसरी जोगाउने र कसरी सत्तामा टिकिरहने भन्ने प्रवृत्ति सबैमा छ । यही प्रवृत्तिका कारण देशको अवस्था दिन प्रतिदिन कमजोर बनिरहेको छ ।
वैज्ञानिक सम्पन्नताले भरिएको विश्वले आज हाम्रा आगामी पुुस्तालाई युुद्धको डरलाग्दो विभीषिका दिएको छ । अणुु र परमाणुु शक्ति सम्पन्न मुुलुुकहरू आफूलाई विश्वको एक्लो शक्तिशाली मुलुुक बनाउने होडमा लागिपरेका छन् । विश्वबजारमा आधुुनिकका नाममा हाम्रा संस्कारहरूलाई हामीले बली चढाएका छौँ । हामीले सामाजिक मूल्यमान्यतालाई बिर्सन लागिसकेका छाँै । शासकीय कार्यव्यापार पनि एक अर्कालाई आलोचना गरेर व्यतित गरिरहेका छौँ । आफूूभन्दा पहिलाका शासक र विपक्षप्रति कटुु आलोचना गरेर शासन चलाउने पद्यतिले हामीलाई गाँजेको छ ।
विपक्षका नेताले पनि सत्तापक्षले गरेको राम्रो कामलाई कहिले पनि जश दिन जान्दैनन् । एकअर्काप्रतिको व्यवहारमा कटुुता भरिएको हुन्छ । व्यवहार सिक्नुस् हाम्रा शासकहरू ! हाम्रा प्राचीन ग्रन्थ बुुर्जुुवा मान्ने प्रवृत्तिका कारण अध्ययनमा आजका नेताको कुनै रुचि छैन । विश्वबजारले र आधुुनिकीकरणले निम्त्याएको विसङ्गतिलाई चिर्न सक्ने हैसियत नेपालका कुनै पनि नेतामा छैन । आफू र आफ्नो पार्टी तथा आफ्ना कार्यकर्ता मात्र असल हुन् भन्ने भावनाले भरिएको हाम्रो देशको राजनीति संस्कार साह्रै कमजोर देखिएको छ । आफू, आफ्ना कार्यकर्ता तथा आफ्नो पार्टीभन्दा माथि देश हो भन्ने भावलाई कहिले पनि यो देशका नेताले सोचेनन् ।
हामी, हाम्रो पार्टी तथा कार्यकर्ता संसारका सबैभन्दा राम्रा र गतिला छन् भन्ने भावनाको झलक प्रत्येक नेताको भाषणमा सुनिने गरेका छन् । वर्षभरि आनन्दमा रहने र चाडबाड आएपछि मात्र बजार अनुुगमन गर्ने प्रवृत्तिले जनतामा निराशा उत्पन्न भएको छ । यसको जिम्मेवारी कसले लिने ? कृत्रिम अभाव सिर्जना गरेर बजार महँगो बनाउने प्रवृत्तिलाई कसले निरुत्साहित गर्ने ? यो जिम्मा लिने मानिस र नेता खोइ ! सामाजिक सञ्जालमार्फत हुने अपराधलाई नियन्त्रण गर्ने संयन्त्रको अभावले सदा नेपाली समाज गाँजिएको छ ।
नेपाल शान्तिकामी मुुलुुक हो । यो देशको सबैभन्दा गतिलो पक्ष सबै नेपालीमा रहने एकता हो । यो एकता गणतन्त्रमा आएर खल्बलिन खोजेको छ । यसलाई रोक्ने संयन्त्रको अभाव देखिएको छ । मुलुुकमा धार्मिक आस्थामाथि आक्रमण र धार्मिक अशहिष्णुुता बढ्यो भने त्यो मुुलुक सारै कमजोर हुने गर्दछ । धार्मिक मान्यतामा आँच आउने किसिमका अभिव्यक्ति दिने नेतालाई कारबाही गर्ने आधार खोइ ? हाम्रो देशले शान्तिका माध्यमबाट विश्वलाई पाठ पढाउन सक्थ्यो । पढाएको पनि हो तर त्यही देश आज अराजकताको शिकार बनिरहेको छ । आजको अवस्थामा देशलाई जीवन्त बनाउन र देशको काँचुली फेर्ने नेतृत्व मागेको छ देशले । त्यसो हुन सकेन ।
राजनीति गर्ने सबै पार्टीहरू मिलेर देशलाई सुुदृढ पारौँ भन्ने भावना कसैमा पनि देखिएन । आफूले पाएको पद कसरी जोगाउने र कसरी सत्तामा टिकिरहने भन्ने प्रवृत्तिले सबैलाई भुुँवरीमा फसाएको छ । यही स्वेच्छाचारी प्रवृत्तिका कारण देशको अवस्था दिन प्रतिदिन कमजोर बनिरहेको छ । सबै दलका नेताले २०८४ को निर्वाचनमा हामीले कसरी सबैलाई हराउने भन्ने प्रवृत्ति नै आजका राजनीतिक दलको सोच रहेको देखिन्छ । देशका बारेमा, नेपाली जनताका बारेमा कसैले पनि सोचेन । देशका सबै संयन्त्र राजनीतिको अखाडा बनिरहेका छन् । यस्तो किसिमको राजनीतिले गाँजेको अवस्थामा नेपाली युुवायुुवती विदेशी भूूमिको इजाजतपत्र ताकेर बसेका छन् । आर्थिक मन्दीमात्र होइन देशको भावी पुुस्तालाई पनि बस्न नदिने अवस्थामा देशलाई आजका राजनीतिक दलले पुुर्याएका छन् ।
राजनीतिक अवस्थालाई हेर्ने हो भने नेपालको राजनीति चिन्तन, विचार र सिद्धान्तमा केन्द्रित देखिँदैन । सबै कमाउधन्दामा आफूलाई अब्बल सावित गर्न राजनीतिमा समर्पित बनेका छन् । युुधिष्ठिरले जसरी धृतराष्ट्रलाई सम्मान दिन सके त्यही सम्मान अन्य दलका नेतालाई दिन प्रयास गर्ने र देशलाई आफूूभन्दा माथि राख्ने हो भने नेपालीको सामाजिक, आर्थिक उन्नति हुुने निश्चित थियो तर त्यसो हुुुन सकेको छैन । त्यसैले सबै दलका शीर्ष र शीर्षभन्दा मुुनिका नेताहरू अरूलाई सम्मान गर्न सिक । सम्मान नै मानिसको सबैभन्दा महत्वपूूर्ण गुुण हो । भगवती जगदम्बाले हाम्रो देशका नेतालाई यो सदबुद्धि प्रदान गरून् भन्ने शुुभकामनासहित ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच