लमजुङका १८ जना नागरिकले त्यागे नेपाली नागरिकता

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लमजुङ स्थायी घर भई जागिरको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएकामध्ये १८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् ।

जिल्लामा २०७४ र २०७८ सालमा सबैभन्दा धेरै नागरिकता त्यागनेको संख्य रहेको पाइएको छ । उक्त समयमा पाँच÷पाँच जनाले नागरिकता त्यागेका छन् । त्यसैगरी जिल्लामा २०७३ सालमा दुई जना, ०७५ सालमा एक जना, ०७९ सालमा दुई जना र ८० सालको हालसम्म तीन जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिनुभयो ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरिकता अनिवार्य त्याग्नु पर्ने भएकाले नेपालीहरूले नेपाली नागरिकता त्याग गर्ने पाइएको जिप्रकाका सूचना अधिकारी मिश्रको भनाइ छ ।

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उहाँले बताउनुभयो । त्यसैगरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

गतवर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या पाँच हजार ८७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदिश मिश्रले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा चार हजार ५५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सोबाहेक सात हजार ५५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

त्यसैगरी गत आर्थिक वर्ष ०७९/०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?