धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–५ को खरी दर्बुङघाट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट१२ घरमा क्षती पुगेको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा गएको ६ दशमलव १ रेक्टरस्केलको भूकम्पले दुई घरमा पूर्ण क्षति पुगेको छ भने १० घरमा आंशिक क्षति गरी १२ वटा घरमा क्षति भएको विवरण आएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले जानकारी दिनुभयो ।
भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । हालसम्म कुनै मानवीय र चौपाया क्षति भने भएको छैन ।
भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आवश्यकताअनुसार राहतको तत्काल व्यवस्था गर्ने गरी टोली अवस्था बुझ्न घटनास्थलतर्फ पठाइएको बताउनुभयो।
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पपछि लगातारजसो पराकम्प आइरहेकाले सचेत हुन आग्रह गर्नुभएको छ।
बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए ।भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच