जनकपुरधाम । मिथिलाञ्चलको शक्तिपीठहरुमा आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।
नवरात्री शुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाहरुले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन् ।
भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्नेर विजय दशमीका दिन ससुराली जाने गर्दछिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ । मिथिलाञ्चलका शक्तिपीठहरु, देवीमन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिलमहिलाको घुइँचो लागेको थियो । खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको संस्कृतिविद्हरु बताउँछन् ।
यता खोइँछ भरी विधिका लागि सामान्य प्रशासनमन्त्री अनिता साह समेत पुग्नुभएको थियो । उहाँले मिथिला सौभाग्यवति महिलाले गर्ने विधिका लागि आफू पनि माता राजदेवी माताको आशिर्वादका लागि आएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच