भाग्य कायापलट गर्न तीन दिनमात्र बाँकी

Read Time = 1 min

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको कायापलट नामक योजना अब तीन दिनमात्र बाँकी रहेको छ ।

योजनाको भरपूर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न छिटो किन्नुपर्नेछ टिभिएसका कुनै पनि दुईपांग्रे सवारीसाधन । योजनामार्फत् धेरै ग्राहकले नगद पुरस्कार तथा उपहार पाउन सफल भइसकेको कम्पनीले जनाएको छ । नकिन्दै एक लाख, किन्दा १० लाख प्राप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन सक्ने बताइएको छ ।

साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशालीले रियलमी सी ३० स्मार्टफोन र २५ प्रतिशत डाउन पेमेन्ट र चार हजार दुई सय ७७ को मासिक इएमआईमै बाइक तथा स्कुटर पाउन सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?