
रुपन्देही । पाल्पाको तानसेन रानीमहल सडक खण्डको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बेलुका करिब ५ बजेको समयमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच