
कालीकोट । बेरोजगारी समस्याको कारण देखाउँदै वर्षेनी लाखौं नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकलगायत विभिन्न देशहरुमा जानुपर्ने बाध्यता कायमै छ । तर, कालीकोटका एक युवा कृषि व्यसायीले भने जिल्लामै करीब ९ वर्ष अघिबाट शुरु गरिएको नर्सरी फार्मबाट वार्षिक १५ लाखसम्मको आम्दानी गर्दै आएका छन् ।
जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर–६ का युवा व्यवसायी विकास शाहीले खाँडाचक्र नगरपालिका–६, को मोल्फा स्थित समाज विकास कृषि फार्म सञ्चालन गरेको ९ वर्ष पुगेको छ । स्वदेशमै बसेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विकासले १६ वर्षको उमेरदेखि कृषि क्षेत्रमा काम गर्दै आइरहनुभएको छ ।
बेमौसमी तरकारी, गैरकाष्ठजन्य बोट विरुवा लगायत विभिन्न फलफूल र सागसब्जी उत्पादन तथा बिक्रीबाट हाल वार्षिक १५ लाखसम्मको आम्दनी हुने गरेको युवा व्यवसायी विकास शाहीको भनाइ छ । उहाँका अनुसार नर्सरी फार्म सञ्चालनका लागि २९ महिने कृषि जेटिए र आइएससिएजी अध्ययन पूरा गरेर कृषि संभावना बाटै अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ शुरु गरिएको कृषि पेशालाई व्यावसायिक रुपमा विस्तार गरी उत्पादनमुखी बनाउने शाहीको लक्ष छ ।
नर्सरी फार्मबाटै उत्पादन गरिएका विभिन्न जातका बोट विरुवा तथा तरकारीजन्य वस्तुलाई देशभर पु¥याउन निर्बाहमुखी नभएर व्यावसायिक कृषि नै गर्नुपर्ने शाहीको भनाई छ । उहाँले नेचुरल भेन्टिलेसन टनेलमा स्थानीय मौसम र हावापानी अनूकुल विभिन्न जातका विरुवा तथा तरकारीजन्य वस्तु उत्पादन गर्दै आउनुभएको छ ।
शाहीले सञ्चालन गरेको नर्सरी फार्म देखेर एनसिसि एसपी दुईले ६१ लाख रुपैयाँ नर्सरीलाई सहयोग गरेको छ । समाज विकास नर्सरी फार्ममा उत्पादन गरिएका गैरकाष्ठजन्य बोटविरुवा छिमेकी जिल्ला लगायत छिमेकी पालिकाहरुमा पनि विक्री वितरण भइरहेको शाहीले जानकारी दिनुभयो ।
अहिले शाहीले नर्सरीकै आम्दानीबाट ८ जनाको परिवारलाई आर्थिक खर्चको जोहो गर्दै आइरहनुभएको छ । परिवारलाई चाहिने लत्ता, कपडा, खान र बस्नको लागि आवास सहित निकट भबिष्यका लागि मेहनत गरेर खर्च जुटाई रहनुभएका शाहीले कालीकोटमा परम्परागत खेति गर्ने चलन बढ्दो रहेकाले जिल्लामा विभिन्न तरकारी तथा नर्सरीका विरुवाहरुको अनुसन्धान समेत आफ्नो फार्मले गर्ने गरेको बताउनुभयो ।
समाज विकास कृषि फार्मले नर्सरीका सम्पूर्ण विरुवा उत्पादन गर्ने, टनेल बनाउने उद्योग, तकारी तथा फलफुलका बोटबिरुवाहरु उत्पादन गरी विक्री वितरण गर्ने र कृषकहरुलाई आवश्यक सल्लाह दिने लक्ष रहेको शाहीको भनाई छ । उहाँले विगत लामो सयमदेखि नर्सरीका विरुवा तथा तरकारी र फलफुलका क्षेत्रमा काम गदै आइरहनुभएको छ ।
सञ्चालक शाहीले हाल सम्म २ करोड ५० लाख लगानी फार्ममा लागेको बताउनुभयो । विभिन्न संघ संस्थाको सहयोग र आफ्नो ब्यक्तिगत लगानीमा उहाँले नर्सरी सम्बन्धिका विभिन्न काम गरिरहनुभएको छ । शाहीले नर्सरीका बिरुवा, फलफुल तथा तरकारी बाटै बार्षिक १५ लाख बढि आम्दानी गर्दै आइरहनुभएको छ ।
स्वदेशमा नै मिहिनेत गरेर घरपरिवारको खर्च जोहो गरि भबिष्यमा आईपर्ने आर्थिक संकट टार्न सक्ने सम्म आफू भएको शाहीले बताउनुभयो । उहाँले भन्नुभयाे, 'रोजगारीका लागि बिदेशीने, नागरिकहरुलाई स्वदेशमा नै केही गर्न सुझाव दिइरहेको छु ।' फार्ममा दश जना सम्मलाई रोजगारीको ब्यवस्था गर्ने सोचमा रहेको उहाँ बताउनुहुँन्छ । हाल शाहीको नर्सरी फार्ममा ४० हजार ओखरका बिरुवा, १० हजार टिमुर, ५ हजार सल्लो, ५ हजार देवदार, ६ हजार डालेघासका बिरुवा हुर्कि रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच