काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबाट असन्तुष्ट भइ नयाँ कार्यसमिति गठन गरेको राजकुमार शर्मा नेतृत्वको असन्तुष्ट पक्षले पदभार ग्रहण गरेको छ ।
सोमवार काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यलयमा गइ पदाधिकारीहरुले एक अर्कालाई बधाइ र खादा लगाइदिँदै काममा लागेका हुन् । काममा लागेको घोषणा गर्दै अध्यक्ष शर्माले विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने कार्य अहिले प्रमाणित भएको बताउनु भयो । उहाँले आफूहरुसँग सहमति भएको १२ घण्टा नबित्दै निर्वाचित अध्यक्ष बद्री केसीले शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि भएको बताउनु भयो । उहाँले रि भोटिङ गर्ने भए अझै आफू तयार रहेको बताउनु भयो । उहाँले संस्थाले केही गुट र सिमित व्यक्तिको हीतमा कम गर्नु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने जस्तो शंका थियो, त्यो शंका अहिलेको महाधिवेशनमा भेरोबाट भोटिङ गर्दा प्रमाणित भएको छ । हामीसँग सम्झौता भएको १२ घण्टा नबित्दै शपथ खानुभयो । बद्री केसीज्युलाई अझै भन्छु, रि भोटिङ गरौँ, म जहिले पनि तयार छु होइन भने दम्भले अड्काएर राख्नु हुँदैन । संस्थाले केही गुट र सिमित मानिसको हीतमा काम गर्ने होइन, साझा हीत हुनेगरी काम गर्नुपर्छ, गैरआवासीयको हीतमा काम गर्नुपर्छ । यो बिद्रोह संस्था बचाउनका लागि हो ।’
उहाँले आफूहरुको बिद्रोह संस्था बचाउनको लागि भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच