राजविराज। सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा बडा दशैंको अवसरमा महानवमीका दिन सोमबार पशु बलि अन्र्तगत यहाँ छ सय तीन वटा रङगाको बलि चढाइएको छ ।
पुर्व–पश्चिम राजमार्गसँग जोडिएको मधेस प्रदेश सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा ६०३ वटा संख्यामा रङगाको बलि प्रदान गरिएको वडा अध्यक्ष सुरेन्द्र मडलले जानकारी दिनुभयो ।
मन्दिर विकास समितिको निर्णय अनुसार यश बर्ष गोलाप्रथाद्धारा सब भन्दा प्रथम स्थानमा परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका मनिष झाको रङगाको बलि चढाइएको छ ।
भारदह गाउँ भरीबाट बली प्रदानका लागि आएकाहरु बिच गोलाप्रथा लगाउने अनि जसको १ नम्बरमा आएमा उसैको पहिलो स्थानमा बलि दिईने गर्दछ । सोही क्रममा झाको पहिलो चरणमा प्रथम स्थानमा रङगाको बलि दिइएका छन ।
त्यस्पछि बली प्रदानको लागि बिभिन्न जिल्ला तथा टिमेकी मुलुक भारतका बिहार राज्यबाट आएका अन्य ब्यक्तिहरुको रङगालाई बलि दिने कार्य सुरु गरिएको थियो ।
सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको रङगा बली साँझ ६ बजेर ३० मिनेटमा सम्पन्न भएको थियो ।
यस्तै कंकालिनी भगवती मन्दिरमा घटस्थापना देखि महानमवी सम्म करिब ४१ हजारको हाराहरीमा खशीबोकाको समेत बलि दिएको छ ।
आफनो मनकामना एवम भाकल पुरा भएपछि नेपालकोे बिभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्र्तगतका बिभिन्न जिल्लाहरुबाट पनि रङगा बलीका लागि यहाँ भक्तजनहरु आउने गरेको मन्दिर बिकास समितिले जनाएको छ ।
प्रत्येक बर्ष बिजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा रङंगा ,खसीबोका र परेवाको बली दिने चलन रहेको छ ।
गत बर्ष भने कंकालिनी भगवती मन्दिरमा ६ सय ६९ वटा रङगाको बलि प्रदान गरिएको थियो ।
यसैगरी दशैको महानमवीका दिन जिल्लाको कंकालिनी भगवती र छिन्नमस्ता भगवती सहित बिभिन्न ठाउँमा मेला समेत लागेको थियोे ।
सप्तरी जिल्लासहित सिरहा,धनुषा,उदायपुर,सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको बिहार राज्यको सुपोल, मधुवनी अररिया लगायतका ठाउँबाट लाखोको संख्यामा दर्शनाथीहरु यस मन्दिरमा यस बर्ष पनि बिगतकै जस्तो भिड लागेको थियो ।
त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भवती मंदिरमा पनि घटस्थापनादेखि महानमवी सम्ममा करिब ३५ हजारको हाराहारीमा खसी बोकाको बलि चढाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच