आज गाईजात्रा पर्व मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज मनाइँदै छ ।

काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर, पाटनसहित विशेष गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाईजात्रा पर्व मनाइन्छ ।

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरूको तस्बिरका साथै पुतलाहरू बनाएर आ-आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ ।

गाई र मानिसलाई सिँगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दुध, दहीलगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ ।

यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ । राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले विहृवल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ-आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जनश्रुति पाइन्छ ।

यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाईजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप आजसम्म सोही परम्पराअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ ।

आजदेखि आठ दिनसम्म लगातार विभिन्न जात्रा पर्वहरू मनाउने प्रचलन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?