‘नबिल ढुक्क मुद्दती खाता’

Read Time = 2 mins

काठमाडौं । नबिल बैङ्कले ग्राहकको आवश्यकता ध्यानमा राखी आकर्षक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याएको छ । खाताअन्तर्गत ग्राहकले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समयपछि दोब्बरदेखि १० गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।

बैङ्कका अनुसार उक्त मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत् प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा छ वर्ष तीन महिना २३ दिनमा दुई गुणा, १४ वर्ष सात महिना २८ दिनमा पाँच गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ ।

त्यस्तै विप्रेषणअन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा पाँच वर्ष नौ महिना १५ दिनमा दुई गुणा, १३ वर्ष पाँच महिना ११ दिनमा पाँच गुणा तथा १९ वर्ष दुई महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ भने खाताअन्तर्गत ग्राहकले तीन लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?