रुपन्देही । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।
मुलुककैं मध्यभाग, भारतसँगको व्यापारिक नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लगानीमैत्री वातावरण, बढ्दो आर्थिक क्रियाकलाप, गौतमबुद्धको जन्मस्थल लगायत विकासको पर्याप्त सम्भावना रहेकोले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेको सांसद घिमिरेले बताउनुभयो ।
सोमबार संसद बैठकको शून्य समयमा बोल्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले अव्यवस्थित बसोबासीहरुले लालपूर्जा प्राप्त गर्दा तिर्नुपर्ने राजस्व अत्याधिक बढी भएकोले त्यसलाई आधा घटाउन समेत माग गर्नुभयो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भूगोल समेत पर्ने रुपन्देही क्षेत्र नं. ५ विकासको दृष्टिकोणले राज्यबाट सधैं उपेक्षित रहेको बताउँदै सांसद घिमिरेले वर्षौं भैसक्दा पनि लुम्बिनी गुरुयोजना सम्पन्न नभएकोले आगामी आर्थिक वर्षमा यथोचित बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाईको क्षेत्रमा एकीकृत विकासका काम हुनुपर्ने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा रामापुर—लुम्बिनी—कक्रहवा, फायरलाइन—रुद्रपुर—लोण्डिहवा—मंगलपुर—लुम्बिनी—कक्रहवा, लोण्डिहवा—जोगडा—मोगलहवा—मसिना—शिवलहवा—कक्रहवा, बाँसगढी—लौसा—कञ्चन, पच्चिस बगिया—लोण्डिहवा, सूर्यपुरा—मजदिया, रामापुर—लौधापानी लगायत महत्वपूर्ण सडकहरुको स्तरोन्नती, पुलहरुको निर्माणको साथैं कञ्चन सिंचाई, दानापुर र गैडहवा तालमा पर्यटन पूर्वाधार निर्माणका लागि यथोचित बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच