बौद्धिक अपांगताका अभिभावक संघ गुल्मीमा नयाँ नेतृत्व

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । बौद्धिक अपांगताका अभिभावक संघ गुल्मीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

मंगलबार बौद्धिक अपांग पुनःस्थापना केन्द्रको सभाहल तम्घासमा भएको बौद्धिक अपांगताका अभिभावक संघ जिल्ला कार्य समितिको छैठौं अधिवेशन तथा दशौं साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै, उपाध्यक्षमा डिलबहादुर थापा, सचिवमा तारा पौड्याल, सह–सचिव सावित्रा भण्डारी, कोषाध्यक्ष अनुराम पाण्डे रहनुभएको छ । सदस्यहरुमा रुपा भण्डारी, पदमबहादुर जिसी, भीम बहादुर अधिकारी, छविलाल पाण्डे, भुमी मरासिनी, सरस्वती भण्डारी निर्वाचित हुनुभएको छ ।

सोही अवसरमा सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको संयोजकमा ईश्वरीप्रसाद पौड्याल, सदस्यहरूमा रघुनाथ मरासिनी, उमानाथ पन्थी, मेघलाल पाण्डे, राममणि पन्थी, र कृष्णप्रसाद बेल्बासे रहनुभएको छ । यस संस्थामा अहिलेसम्म १०७ जना बौद्धिक अपांगता आवद्ध रहेका छन् ।

त्यस अवसरमा रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरले अहिले बौद्धिक अपांगता भवनसमेत निर्माण भएकाले सडकको पहुँचका लागि नगरपालिकाले विशेष सहयोग पु¥र्याउने बताउनुभएको थियो । उहाँले नगरपालिकाभित्र बन्ने भवनहरु अपांगमैत्री बनाउनका लागि समेत निर्देशन दिएको बताउनुभयो । अपांगता भएकाहरूलाई नगरपालिकाले घरघरमै समेत गएर अपांगगता परिचय पत्र वितरण गर्ने गरेको समेत बताउनुभयो ।

त्यस्तै, रेसुंगा नगरपालिका–९ का वडाअध्यक्ष कृष्णप्रसाद पाण्डेय, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले बौद्धिक अपाङता भएकाहरुको सहयोगका लागि सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताउनुभयो । ईश्वरीप्रसाद पौड्यालको अध्यक्षता रहेको साधारण सभाको सञ्चालन मेघलाल पाण्डेयले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?