काठमाडौंमा ६८३ जनाले दिए पहिलो दिन म्यादीमा आवेदन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन जानेको घुइचो बढेको छ । पहिलो दिन काठमाडौंमा मात्र ६८३ जनाले आवेदन दिएका छन् ।

बिहीबारदेखि म्यादी प्रहरीको आवेदन खुला भएको हो । जसमध्ये काठमाडौंमा मात्रै ६८३ जनाले आवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसमध्ये २३८ जना महिला र ४४५ जना पुरूष छन्। जसमा पहिल्यै म्यादी प्रहरीमा भर्ना भएका १२७ जना महिला र २०३ पुरूषले पनि आवेदन दिएका छन् । इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत दरखास्त बुझाउन सक्नेछन् ।​

म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सक्नेछन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?