देउवा सुपुत्र जयवीरसिंह देउवाले गरे ‘इन्गेजमेन्ट’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गर्नुभएको छ ।

जयवीरसिंहले यहि जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गर्नुभएको हो । शिवानासँग औंठी साटासाट गर्नुभएका जयवीरसिंहले सम्भवतः आउने माघमा बिहे गर्ने बताइएको छ ।

शिवाना कभर सिंगर हुनु हो । उहाँकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?