‘हनी बनी’को फष्र्टलुक पोष्टर सार्वजनिक

माघ २६ मा सिनेमाघरमा आउने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘हनी बनी’को फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सोमबार चलचित्रको पोष्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्रको फष्र्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिनुभएको छ ।

अभिमन्यु भारतीय मोडल हुनुहुन्छ । यो उहाँको पहिलो ठूलो पर्दाको चलचित्र हो । भारतको दिल्लीमा जन्मिनुभएका अभिमन्युले ‘याद पिया के आने लगी’ गीतबाट मोडलको रूपमा आफ्नो करिअर सुरुवात गर्नुभएको हो ।

चलचित्रमा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्मस्सँग सहकार्य गरेर निर्माण गरेको यस चलचित्रका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत हुनुहुन्छ भने सह निर्माता अजित थापा र सनिस खकुरेल रहनुभएको छ । अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह हुनुहुन्छ । निर्माता अमित स्वयंको सिनेमामा पटकथा लेखन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?