पत्रकारहरुसँग सहकार्य गर्दै संचारमाध्यमलाई व्यवस्थित बनाउँछौँ : मन्त्री पाण्डेय

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको बृद्धि, विकाससँगै पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनु भएको छ ।

उहाँले पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र संचार जगतलाई विकास गर्न सरकार कटिबद्ध रहेको समेत बताउनु भयो।

लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले पत्रकारहरुसँग सहकार्य गर्दै ऐन, नियम बनाउँदै संचारमाध्यमलाई व्यवस्थित बनाउने बताउनु भयो।

मन्त्री पान्डेले संचार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानून नबनेको जनाउँदै त्यस्तो कार्यलाई छिटो पूर्णता दिने बताउदै ‘ऐन, नियम बनेमा संचार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारहरुसँग सहकार्य र सल्लाहसुझाव लिएर मैले काम गर्ने छु, प्रदेश सरकारले काम गर्ने छ’, पान्डेले भन्नुभयो ।

आफू संचारमैत्री ऐन, कानून बनाउन कटिबद्ध रहेको वताउदै आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुको दुर्घटना बीमा रिन्यू गर्ने प्रक्रिया अघि बढाएको वताउनु भयो। मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुंगिन्छ’, पान्डेले भन्नु भयोे ।

उहाँले प्रेस क्लबले आगामी मंसिरमा आयोजना गर्न लागेको लुम्बिनी न्युज फेस्टिभललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको वताउदै स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेमा बजार चलायमान हुने उहाँको भनाई छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का युवा नेता समेत रहेका मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ पनि सरकार लागिपरेको वताउनु भयो उहाले लुम्बिनीमा अधिक पर्यटक भित्र्याउन सरकारले योजना बनाइरहेको बताउदै
‘लुम्बिनी आउने पर्यटकलाई प्रदेशका अन्य गन्तव्यमा पुर्याएर पर्यटनका माध्यमबाट प्रदेशलाई समृद्ध बनाउने हाम्रो योजना छ, यसका लागि निरन्तर सरकारले काम गरिरहेको छ’ मन्त्री पान्डेले भन्नु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?