आचार संहिताको खिल्ली उडाउँदै जुलुससहित बारा-२ मा नेताहरुले गरे मनोनयन दर्ता

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट बाजागाजा र जुलुस सहित कलैया स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जसपा अध्यक्ष यादवले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्ता गराउनुहुँदै जसपा अध्यक्ष यादवले बारा क्षेत्र नम्बर–२ का जनताले आफुलाई बोलाएकाले आफ्नो जित निश्चित रहेको बताउनु भयो । यादव सप्तरीमा जनमत पार्टीका सिके राउतसँग पराजित हुनु भएको थियो ।

साथै योे क्षेत्रमा नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुर्व डीआईजी रमेश खरेल, आम जनता पार्टीका तर्फबाट अधिवक्ता अरुण ज्ञवालीले मनोनयन दर्ता गराउनु भएको छ ।

जसपाबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

मनोनयन पत्र दर्ता गराउन आउने अधिकांश नेताहरुले निर्वाचन आयोगले निर्धारण गरेको आचार संहिता पालना गरेको देखिएन । मनोनयन पत्र दर्ता गराउन आउँदा २५ जना भन्दा बढी व्यक्तिको सहभागिता नगराउने गरी निर्माण गरिएको आचार संहिताको खिल्ली उडाउँदै अधिकाँश नेताहरुले सयौको संख्यामा कार्यकर्ताहरु लिएर बारा जिल्लाको सदरमुकाम कलैया स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

फोटो : उपेन्द्र यादव, पुरुषोत्तम पौडेल, रमेश खरेल, अरुण ज्ञवाली लगायतका नेताहरुद्वारा सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?